पाँचथर : पाँचथरको फाल्गुनन्द गाउँपालिका ३ मा काठको गोलिया बोक्ने क्रममा गोलियाले किचेर एक जनाको मृत्यु भएको छ ।
खोला छेउमा रहेको उतिसको गोलिया बोक्ने क्रममा अचानक गोलियाले किचेर स्थानीय २४ वर्षीय विश्व राजा चेम्जोङको घटनास्थलमै मृत्यु भएको थियो ।
घटनाबारे खबर पाएसँगै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटिगइ कानूनी प्रक्रिया पुरा गरी शव परीक्षणको लागि जिल्ला अस्पताल पठाइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post