इटहरी : सुनसरीको विभिन्न स्थानबाट चोरी भएको मोटरसाइकलसहित तीनजना मानिसलाई प्रहरीले पक्राउ गरेको छ ।
हरिनगर गाउँपालिका ४ का राजेश्वर रामले पार्किंङ गरि राखेको को ३६ प ४६०६ नम्बरको मोटरसाइकल देवानगञ्ज १ का अभिषेक मेहता र देवानगंज ७ का २६ वर्षीय उमेशप्रसाद मेहताले चोरी गरेर लगिरहेको अवस्थामा स्थानीयहरूले पक्राउ गरी प्रहरीलाई खबर गरेका थिए ।
इलाका प्रहरी कार्यालय हरिनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
यस्तै, कोसी गाउँपालिका ४ का रवीन्द्र यादबको को ३६ प ६३४८ नम्बरको मोटरसाइकल हराएको भनी जानकारी गराएसँगै प्रहरी चौकी पोखरी चोकबाट खटिएको प्रहरी टोलीले देवानगञ्ज १ का ललनकुमार मेहतालाई चोरी भएको मोटरसाइकलसहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।













Discussion about this post