इटहरी : इटहरी ६ मा रहेको मोडर्न प्रिपेरेटोरी सेकेण्डरी स्कुलका विद्यार्थीलाई सचेतना कार्यक्रमको आयोजना गरिएको छ ।
सोमबार विद्यालयमा अध्ययनरत छात्र–छात्राहरूलाई सचेतना कार्यक्रमको आयोजना गरिएको हो ।
समाजमा बढ्दो लागूऔषध दुर्व्यसनविरुद्ध र अनलाइनबाट हुने बालयौन दुर्व्यवहारविरुद्व सचेतना बढाउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक मणिकुमार पौडेलले बताए ।
उनका अनुसार इलाका प्रहरी कार्यालय इटहरी, मोडर्न सोसल वेलफेयर क्लब र भ्वाइस अफ चिल्ड्रेनको सहकार्यमा सचेतना कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक शम्भु बस्नेत लगायतले सहजीकरण गरेका थिए ।
पछिल्लो समय सामाजिक सञ्जालको माध्यमबाट पनि यौन दुर्व्यवहारजस्ता घटना हुने भएकाले सहजीकरण गर्न तथा दुर्व्यवहारका घटना भएमा प्रहरीलाई जानकारी गराउनसमेत आग्रह गरिएको थियो ।















Discussion about this post