संखुवासभा : संखुवासभामा गाँजासहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाले चिचिला गाउँपालिका ३ बाट एक किलो ४ सय ५६ ग्राम गाँजासहित विकास राईलाई पक्राउ गरेको हो ।
पक्राउ परेका राईले २०६५ देखि २०७६ सम्म ९ वटा विभिन्न प्रकारका मुद्दामा जेल जीवन बिताइसकेको डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए।
यसअघि राईले ६ पटक सार्वजनिक मुद्दा, २ पटक ज्यान मार्ने उद्योगको मुद्दा र १ पटक लागूऔषध मुद्दा खेपिसकेको उनको भनाइ छ ।
प्रहरीले पक्राउ परेका उनीमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ ।














Discussion about this post