विराटनगर : विराटनगरमा स्कुटर चोरेर भाग्दै गरेका एक व्यक्ति पक्राउ परेका छन् ।
विराटनगर महानगरपालिका ९ काली मन्दिर छेउमा स्थानीय किशोरकुमार पराजुलीको को ४ प ३२०९ नम्बरको स्कुटर चोरी गरेर भाग्दै गरेको अवस्थामा मुकेश मग्रातीलाई पक्राउ गरिएको हो ।
पार्किङ गरी राखेको स्कुटर मोरङ सुन्दरहरैँचा नगरपालिका १२ विराटचौक बस्ने २६ वर्षीय मग्रान्तीले लक तोडेर लैजाँदै गरेको अवस्थामा घोघापुलबाट खटिएको प्रहरी टोलीले फेला पारी स्कुटरसहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post