इटहरी : इटहरीका दुईजना युवकलाई प्रहरीले प्रतिबन्धित औषधिसहित पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका १६ हुलास चोकबाट प्रतिबन्धित औषधिसहित दुईजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका १९ का ३१ वर्षीय अनिल कार्की र इटहरी २ का ३२ वर्षीय सुनील मगर रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा को २० प १२६६ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा उनीहरूको साथबाट प्रतिबन्धित औषधि बरामद गरिएको प्रहरीले जनाएका छ ।
प्रतिबन्धित औषधि एभिल, डाइजोपाम, फेनारागन र लुपिजेसिक गरी ४० एम्पुल बरामद भएको प्रहरीले जनाएको छ ।
प्रतिबन्धित औषधिसहित पक्राउ परेका उनीहरूको विषयमा इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।













Discussion about this post