सुनसरी : सुनसरीको इनरुवा नगरपालिका ९ स्थितमा रहेका अल्पसंख्यक समुदायका परिवारहरूलाई न्यानो कपडा वितरण गरीएको छ ।
कोसी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यता तथा नेपाल प्रहरी श्रीमती संघ कोसी प्रदेशकी अध्यक्ष श्रीमती अजिता देवकोटा बाँस्तोलाको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीको सहकार्यमा आयोजना गरीएको उक्त कार्यक्रममा अल्पसंख्यक समुदायका ४० घर-परिवारहरूलाई न्यानो कपडा वितरण गरिएको हो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मी, नेपाल प्रहरी श्रीमती संघ कोसी प्रदेशका पदाधिकारी, प्रहरी कर्मचारी लगायत अन्य जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।













Discussion about this post