Sunday, August 2, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरी आउन सिटी सफारीलाई अनिवार्य ‘टाइम कार्ड’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस २, २०८०
in समाचार
0
इटहरी आउन सिटी सफारीलाई अनिवार्य ‘टाइम कार्ड’
158
SHARES
Share on FacebookShare on Twitter

इटहरी : अन्य पालिकामा दर्ता भएका तीन पाङ्ग्रे ई–रिक्सा (सिटी सफारी) लाई इटहरी प्रवेश गर्दा अनिवार्य टाइम कार्ड लागू गरिएको छ ।

इटहरी क्षेत्रबाहेक आसपासका क्षेत्रमा दर्ता भएका सिटी सफारीका लागि टाइम कार्ड लागू गरेको गरिएको हो ।

इटहरी उपमहानगपालिकाले सिटी सफारीलाई व्यवस्थित गर्नका लागि भदौ १७ गतेदेखि बाहिरका स्थानीय तहमा दर्ता भएकालाई सञ्चालनमा रोक लगाएको थियो ।

इटहरीले रोक लगाएपछि सुन्दरहरैँचासँगै आसपासका पालिका प्रमुखसँग सहमतिका साथ व्यवस्थित गर्ने निर्णय भएसँगै टाइम कार्ड लागू गरिएको हो ।

इटहरीका नगरप्रमुख हेमकर्ण पौडेलका अनुसार सिटी सफारी व्यवस्थित गर्दा शहरको सुन्दरतासँगै दुर्घटना न्यूनीकरण हुने र सडकमा सवारी आवगमनमा सहजता हुने भएकाले गर्दा टाइम कार्ड लागू गरिएको हो ।

उनले भने, ‘सिटी सफारीलाई व्यवस्थित गर्न इटहरी बाहिर दर्ता भएकालाई टाइम कार्ड लागू गरिएको हो । अब इटहरीसँगै आसपासमा चल्ने सबै सिटी सफारी जो दर्ता भएका छैनन्, अविलम्ब दर्ता हुनुपर्छ । नत्र सञ्चालनमा रोक लगाइनेछ ।’

इटहरीमा अत्याधिक सिटी सफारीले दुर्घटना निम्त्यिाएकाले पूर्वका शहरमध्ये इटहरीले नै अगुवाई गरेर व्यवस्थित गर्न थालेको उनको दाबी छ ।

‘बाहिर दर्ता भएर अति आवश्यक कामले इटहरी आउनेलाई निश्चित कामका लागि टाइम तोकेर कार्ड दिन थालिएको छ,’ इटहरी उपमहानगरपालिका अधिकृत गणेश भट्टराईले भने, ‘सिटी सफारीलाई व्यवस्थित गर्न सकिएन भने यसले निकै ठूलो समस्या निम्तियाउन सक्छ भनेर बेलैदेखि यसलाई व्यवस्थित गर्न लागिएको हो ।’

इटहरीमा पहिलोपल्ट ट्राफिक प्रहरीको अगुवाईमा २०७३ असोज दोस्रो साता पनि मुख्य राजमार्गमा सिटी सफारी गुड्न रोक लगाइएको थियो ।

तर, सिटी सफारी चालकले आन्दोलन चर्काएपछि एक दिनमै  ट्राफिक प्रहरी लचिलो भएर यात्रुलाई गन्तब्य स्थानसम्म पु¥याउन छोटो दुरीका लागि मुख्य राजमार्गमा गुड्न दिने सहमति गरेसँगै सहज ढंगले सिटी सफारी सञ्चालनमा आएका थिए ।

त्यसयता इटहरीमा सिटी सफारी व्यवस्थित गर्न पटक पटक निर्णय भएपनि सिटी सफारी चालकको आन्दोलनले स्थगित हुँदै आएको थियो । तर, पछिल्लो समय उपमहानगरपालिकाले अगुवाई गरेपछि भने सहज हुँदै आएको छ ।

सिटी सफारी व्यवस्थित गर्नकै लागि इटहरी उपमहानगरपालिकाले अब इटहरी क्षेत्रमा बसोबास गर्नेको  मात्र सफारी दर्ता गर्दै आएको छ ।

इटहरीमा दुई हजार सिटी सफारी दर्ता भएका छन् ।

सिटी सफारी सबैभन्दा बढी झापा, मोरङ र सुनसरीका ठूला सहरमा सञ्चालनमा रहेका छन् । पछिल्लो समय पूर्वका पहाडी जिल्लामा पनि सिटी सफारी सञ्चालन हुने गरेका छन् ।

कोसी प्रदेशमा मात्र २० हजार हाराहारी सिटी सफारी रहेको अञ्चल यातायात कार्यालय इटहरीले जनाएको छ ।

 

-ADVT

Tags: #इटहरी उपमहानगरपालिकासफारीहेमकर्ण पौडेल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

धनकुटामा एकै कक्षाका १३ विद्यार्थीमा कोरोना संक्रमण
समाचार

धनकुटामा आठ सय केजी गाँजासहित दुई पक्राउ

by टाकुरा न्यूज । इटहरी
साउन १६, २०८३
0

धनकुटा : धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित जनता आवासका लागि निर्माण गरिएको घरबाट आठ सय चार केजी गाँजासहित दुई जना पक्राउ...

सुनसरी घटनाको छानबिन समितिमा फरेन्सिक र ब्यालिस्टिक विज्ञ थप
समाचार

सुनसरीका १० स्थानीय तहमा आइतबार बिहानसम्म निषेधाज्ञा थप

by टाकुरा न्यूज । इटहरी
साउन १६, २०८३
0

इटहरी : जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका १० स्थानीय तहमा लागू रहेको निषेधाज्ञा आइतबार बिहान ९ बजेसम्मका लागि थप गरेको...

झापामा ठूलो परिमाणमा लागूऔषध बरामद

झापामा ठूलो परिमाणमा लागूऔषध बरामद

साउन १६, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

मोरङमा निर्माणाधीन सडकको खाल्डोमा साइकल लड्दा वृद्धको मृत्यु

साउन १६, २०८३
निर्यात नहुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य अपूरो

निर्यात नहुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य अपूरो

साउन १६, २०८३
धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

सुनसरीमा हट्यो कर्फ्यू, यी पालिकामा निषेधाज्ञा कायमै

साउन १६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

अर्थपूर्ण जीवनतर्फ डोर्‍याउने विश्वप्रसिद्ध कृति

अर्थपूर्ण जीवनतर्फ डोर्‍याउने विश्वप्रसिद्ध कृति

साउन १६, २०८३
धनकुटामा एकै कक्षाका १३ विद्यार्थीमा कोरोना संक्रमण

धनकुटामा आठ सय केजी गाँजासहित दुई पक्राउ

साउन १६, २०८३
सुनसरी घटनाको छानबिन समितिमा फरेन्सिक र ब्यालिस्टिक विज्ञ थप

सुनसरीका १० स्थानीय तहमा आइतबार बिहानसम्म निषेधाज्ञा थप

साउन १६, २०८३
झापामा ठूलो परिमाणमा लागूऔषध बरामद

झापामा ठूलो परिमाणमा लागूऔषध बरामद

साउन १६, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    631 shares
    Share 252 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.