पाँचथर : पाँचथरको कुम्मायक गाउँपालिका १ गैरीगाँउका ८३ वर्षीय चन्द्रमान तामाङको छोराहरूसँगको विवादमा धकेलाधकेल हुँदा लडेर मृत्यु भएको छ ।
आपसी विवादका क्रममा ४५ वर्षीय छोरा घनेन्द्र तामाङले धकेल्दा पछारिएर तामाङको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
बुधबार घनेन्द्रले आफ्ना बाबु चन्द्रमानलाई पैसा मागेको र नदिएपछि रिसले धकेलेको प्रारम्भिक अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिए ।
उनकाअनुसार चन्द्रमानको मंङ्गलबार साँझ पनि छोराहरू घनेन्द्र र देवेन्द्रसँग विवाद भएको थियो । बेलुका पख बाबुसँग भएको पैसाका विषयमा घनेन्द्र र देवेन्द्रले पनि झगडा गरेको खुलेको छ ।
मृतकका ४५ वर्षीय छोरा घनेन्द्र र ४० वर्षीय देवेन्द्रलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक कुँवरले जानकारी दिए ।














Discussion about this post