Thursday, August 6, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

ताप्लेजुङ : पाथीभरामा केबलकार निर्माण सुरु गर्न स्थानीयको माग

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस ७, २०८०
in समाचार
0
ताप्लेजुङ : पाथीभरामा केबलकार निर्माण सुरु गर्न स्थानीयको माग
134
SHARES
Share on FacebookShare on Twitter

फुङ्लिङ : ताप्लेजुङको प्रसिद्ध शक्तिपीठ पाथीभरामा पुग्नेगरी केबलकार बन्ने कुराले चर्चा पाएको एक दशकभन्दा बढी समय भए पनि अहिलेसम्म निर्माण हुन नसकेकाले चाँडै काम सुरु गर्न स्थानीयले माग गरेका छन् ।

पाथीभरा क्षेत्र विकास समितिको संयोजनमा गत महिना गएको एक सर्वपक्षीय अनुगमनले पाथीभरा सो क्षेत्र कोशी प्रदेशको मात्र नभएर देशकै एक प्रसिद्ध धार्मिक पर्यटकीयस्थल रहेकाले उक्त क्षेत्रमा पुग्न सहज गर्नेगरी केबलकार बन्नुपर्ने निष्कर्ष निकालेको थियो ।

त्यसका लागि आवश्वक वातावरण सिर्जना गर्न र कानुनी अड्चनहरु भए त्यसलाई फुकाई सरलीकृत गर्नसमेत सरोकारवालाहरुलाई सुझाव दिएको थियो ।

सो समितिले स्थानीय नागरिक, राजनीतिक दलका स्थानीय नेता तथा प्रतिनिधि र अरू धार्मिक एवं पर्यटकीय सरोकारवालाहरुसँग समेत अन्तरक्रिया गरी राय लिएको र सबैले केबलकार निर्माण गर्नुपर्छ भन्ने सुझाव दिएपछि केबलकार निर्माणको प्रक्रिया तत्कालै अघि बढाउनुपर्ने निष्कर्ष निकालेको थियो ।

यसै विषयमा केन्द्रित रहेर शुक्रबार ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा उक्त केबलकारका लगानीकर्ता र जिल्लाका सबै सरोकारवालहरुसँग अन्तरक्रिया गरिएको छ ।

अन्तरक्रियामा सहभागी सबैले लामो समयदेखि यहाँ केबलकार बन्ने चर्चामात्र सुनिएको तर काम सुरु नभएको भन्दै निर्माणको काम तत्कालै अघि बढाउन माग गरेका थिए । उनीहरुले यस प्रदेशकै एक गौरवको आयोजना बन्न सक्ने र ताप्लेजुङका स्थानीयवासीहरुले प्रत्यक्ष लाभ लिनसक्ने यस आयोजना तत्कालै अघि बढाउनका लागि स्थानीय र प्रदेश सरकारसँग आग्रह पनि गरेका थिए ।

सो अन्तरक्रियामा प्रतिनिधिसभाका सदस्य लीलादेवी बोखिमले आफ्ना घरआँगनमै यतिठूलो लगानीको आयोजना आउँदा स्थानीय नागरिक नै अघि सरेर सघाइ आयोजनालाई सफल बनाउनुपर्ने भन्दै केबलकार निर्माणको काममा अब ढिला गर्न नहुने बताइन्।

उनले राज्य आफैँले अर्थात् तीनै तहको सरकारले लगानी गरेर केबलकार परियोजना निर्माण गर्न नसक्ने बताउँदै लगानी गर्न इच्छुक निजी कम्पनीलाई काम गर्ने वातावरणका लागि स्थानीय तयार हुनुपर्ने मात्र नभई आवश्यक सहयोग गर्नुपर्ने धारणा राखिन् । उनले स्थानीय नागरिकले राखेका मागहरुका सम्बन्धमा लगानीकर्ता र उनीहरु बस्नुपर्ने र त्यसका लागि पनि स्थानीय तहले सहजीकरण गर्नुपर्ने सुझाव दिइन् ।

ताप्लेजुङ जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले यो आयोजना स्थानीय नागरिकले प्रत्यक्ष लाभ लिनसक्ने आयोजना भएकाले स्थानीयसँग समझदारी जुटाएर अघि बढ्नुपर्ने बताए । उनले आवश्यकताअनुसार निरन्तर छलफलमा बसेर सहमति जुटाई काम थाल्नमा ढिलो गर्न नहुने बताए ।

त्यसैगरी, फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले पनि केबलकार परियोजना निर्माण गर्नु जिल्लावासीको हितमा रहेको बताए । व्यक्तिगत स्वार्थ र पुराना सोच राखेर अहिले विकास निर्माणका कामलाई कसैले पनि अवरोध गर्न नहुने उनको भनाइ थियो । उनले भने, “मुलुकका धेरै क्षेत्रतिर अहिले धमाधम पर्यटन पूर्वाधारहरु निर्माण भइरहेका बेला हामीले मुलुककै प्रसिद्ध धार्मिक पर्यटकीयस्थलमा केबलकार बन्न लागेको काममा बाधा उत्पन्न गर्यौँ भने हामी आफैँ पछि पर्नेछौँ । त्यसैले सबै पक्ष बसौँ, आफ्ना कुरा राखौँ र समझदारी बनाई निर्माणको काम थालौँ ।”

त्यसैगरी, नेपाली कांग्र्रेसका जिल्ला सभापति गजेन्द्र तम्याङ, नेकपा (माओवादी केन्द्र)का कोशी प्रदेश सदस्य बमबहादुर भट्टराई, फुङ्लिङ नगरपालिकाका उपप्रमुख भिमादेवी ओझालगायतले स्थानीयका माग र उनीहरुका सुझावहरुलाई समेटेर एक साझा सहमति बनाई आयोजना निर्माणको काममा ढिला गर्न नहुने धारणा राखे ।

कोशी प्रदेश अत्यधिक पर्यटकीय सम्भावना भएको क्षेत्र रहेको चर्चा गर्दै पर्यटन पूर्वाधार निर्माणका कामलाई अघि नबढाउने हो भने प्रदेशवासी  नै पछि पर्ने पनि बताए ।

उता पाथीभरा (मुक्कुमलुङ) दर्शन केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले भने केबलकार निर्माणको काम सुरु भएपछि १३ महिनाभित्रै परियोजना सम्पन्न गरिसक्ने बताए । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा प्रस्ताव गरिएको केबलकार निर्माणको काम सुरु गरेको १३ महिनाभित्र सम्पन्न गरी केबलकार सञ्चालनमा ल्याइने अध्यक्ष ढकालको दाबी थियो ।

उनले भने, “हामीसँग अनुभव छ, हमीले गर्दै पनि अएका छौँ । जस्तो कि गैँडाकोटको मौलाकालिका र बुटवलको लुम्बिनी केबलकार पनि हामीले निर्माण सुरु गरेको लगभग १३ महिनाभित्रै सञ्चालनमा ल्याएका हौँ । यहाँ पनि स्थानीयवासी र सरकारले हामीलई निर्माणको वातावरण निर्माण गरिदिएको १३ महिनाभित्रै आयोजना सञ्चालनमा ल्याउँछौँ ।

पाथीभरा केबलकार कोशी प्रदेशकै गौरवको परियोजना भएको उल्लेख गर्दै सबैभन्दा बढी लाभ ताप्लेजुङवासीलाई लाभ हुने भए पनि यो आयोजनाले कोशी प्रदेशलाई नै लाभ पुग्ने उहाँको भनाइ थियो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्षसमेत रहेका ढकालले स्थानीयलाई रोजगारीसँगै यहाँको आर्थिक गतिविधि, पर्यटन विकास लगायतमा परियोजनाले ठूलो सहयोग पुग्ने दाबी पनि गरे । स्थानीयले उठाएका मागका बारेमा बसेर समझदारी गर्न सकिने भन्दै उनले सामाजिक उत्तरदायित्व, परियोजनाको शेयर लगायतका विषय कानुनअनुसार पूर्ण कार्यान्वयन गर्ने प्रतिबद्धता पनि जनाए।

यसबाट सर्वसाधारणलाई शेयर प्राप्त हुने बताउँदै उनले जनता, सरकार र समुदायलाई प्रत्यक्ष लाभ हुने तवरबाट केबलकार निर्माणको मोडल बनाएको र यो परियोजनाले प्राकृतिक, सांस्कृतिक र वातावरणीय समस्या निम्त्याउनेजस्ता कुनै पनि आशङ्का नपाल्नसमेत आग्रह गरे।

यता केबलकार परियोजनाको विरोध गरिरहेको मुक्कुमलुङ संयुक्त सङ्घर्ष समितिले भने केबलकार निर्माण गर्न नहुने बताउँदै आएको छ । समितिका संयोजक श्री लिङ्खिमले लिम्बू समुदायको आस्था र ऐतिहासिकताको ख्याल गरेरमात्र परियोजना अघि बढाउनुपर्ने बताए ।

कस्तो बन्दै छ केबलकार ?
कम्पनीका इञ्जिनियर विजय पौडेलका अनुसार काफ्लेपाटी डढेले छेउ मुख्य स्टेसन रहने केबलकारको डिजाइनअनुसार त्यहाँबाट करिब दुई हजार सात सय मिटर उचाइमा रहेको पाथीभरा क्षेत्रसम्म पुग्ने छ ।

मन्दिर आसपास कुनै संरचना नरहने र अहिलेको पदमार्ग हुँदै पाथीभरा मन्दिर प्रवेशद्वारबाटै तीर्थालु तथा दर्शनार्थी जान सकिने गरी केबलकार निर्माणको डिजाइन तयार भएको पौडेलले बताए । मुख्य स्टेसनबाट १० मिनेट २० सेकेण्डमा केबलकारको अन्तिम स्टेसन पुग्न सकिनेसमेत पौडेलले जानकारी दिए ।

केबलकारका लागि १३ वटा टावर निर्माण हुने पौडेलले जानकारी दिए। सो केबलकारमा ४५ वटा डब्बा रहने पौडेलले जानकारी दिए । केबलकार कम्पनी सञ्चालक समिति सदस्य रुद्र पौडेलले पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना, वातावरणीय सन्तुलन र आर्थिक तथा सामाजिक प्रवद्र्धनका लागि केबलकार लाभदायक बन्ने विश्वास राख्दै यसबाट पहिलो लाभ यहीँका स्थानीयलाई पुग्ने बताए ।

उनले भने, “केबलकार निर्माण गर्दा त्यसमा आवश्यक पर्ने जनशक्तिका लागि स्थानीयलाई नै प्राथमिकता दिँदै आएको छौँ । हामी आफैँले खर्च गरेर स्थानीयहरुलाई आवश्यक तालिम दिएर पनि रोजगारीमा लगाएका छौँ ।”

केबलकार बने पछि ताप्लेजुङमा पर्यटकहरु सङ्ख्यामा वृद्धि हुनाका साथै स्थानीय उत्पादनको बजारीकरण हुने सरोकारवालाहरुको भनाइ रहेको छ । देशैभरि र भारतबाट समेत वर्षमा लाखौँ भक्तजन पाथीभराको दर्शनका लागि आउने गरेका छन् ।

Tags: #ताप्लेजुङ#राससकेबलकारपाथीभरा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ
विविध

ब्राउनसुगरसहित इटहरीका दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
साउन २०, २०८३
0

इटहरी : सुनसरीका छुट्टाछुट्टै स्थानबाट प्रहरीले ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इटहरी उपमहानगरपालिका–५ जनता...

विविध

झापा : भन्सार छली गरी भण्डारण, २५ लाख मूल्य बराबरका सामान बरामद

by रासस
साउन २०, २०८३
0

झापा : झापाको मेचीनगर नगरपालिका-७ को एक घरबाट प्रहरीले करिब रु २५ लाख मूल्य बराबरको भन्सार छलीका अवैध सामान बरामद...

इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

सोलुखुम्बुमा न्वारन पूजाको विवादमा नातिले गरे हजुरबुबाको हत्या

साउन २०, २०८३
पूर्वमा खेती खुम्चिँदा उद्योगलाई विदेशी जुटको भर

पूर्वमा खेती खुम्चिँदा उद्योगलाई विदेशी जुटको भर

साउन २०, २०८३
एकै दिनमा किन पछाडि हट्यो सुनसरी प्रशासन ? भोलिबाट औषधी पसल बाहेक अरु पसल खोल्न नपाईने

सार्वजनिक स्थानका जातीय तथा धार्मिक झण्डा हटाउन सुनसरी प्रशासनको अपिल

साउन २०, २०८३
सुनसरी–सिरहा घटना मृतकका परिवारलाई क्षतिपूर्ति र राहत दिने मन्त्रिपरिषद्को निर्णय

सुनसरी–सिरहा घटना मृतकका परिवारलाई क्षतिपूर्ति र राहत दिने मन्त्रिपरिषद्को निर्णय

साउन २०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

ब्राउनसुगरसहित इटहरीका दुई जना पक्राउ

साउन २०, २०८३

झापा : भन्सार छली गरी भण्डारण, २५ लाख मूल्य बराबरका सामान बरामद

साउन २०, २०८३
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

सोलुखुम्बुमा न्वारन पूजाको विवादमा नातिले गरे हजुरबुबाको हत्या

साउन २०, २०८३
पूर्वमा खेती खुम्चिँदा उद्योगलाई विदेशी जुटको भर

पूर्वमा खेती खुम्चिँदा उद्योगलाई विदेशी जुटको भर

साउन २०, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    633 shares
    Share 253 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.