उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका ७ स्थितबाट अवैध काठ बोकेको ट्रकसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलटारबाट खटिएको प्रहरी टोलीले प्र.१-०२-००२ ख ००६२ नम्बरको ट्रकबाट ५ सय ६० क्युवि फिट अवैध उतिसको गोलिया काठ बरामद गरेको हो ।
अवैध काठ बरामद भएसँगै ट्रक र चालक बेलबारी ४ मोरङका सोमबहादुर भुजेल, सह-चालक लालीगुराँस नगरपालिका ३ तेह्रथुमका केदार बानियाँ समेतलाई नियन्त्रणमा लिइएको छ ।
साथै, पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीको लागि सव डिभिजन वन कार्यालय बेल्टारमा बुझाएको प्रहरीले जनाएको छ ।













Discussion about this post