मोरङ : मोरङ कारागारमा कैद भुक्तान गरिरहेका विराटनगर १० का चण्डेश्वर सहनीको सोमबार बिहान शंकास्पद मृत्यु भएको छ ।
उनको उपचारको क्रममा कोसी अस्पतालमा मृत्यु भएको हो । पेट पोल्ने र श्वासप्रश्वासमा समस्या भएपछि कारागार प्रशासनले उनलाई दुई दिन अगाडि अस्पतालमा भर्ना गराएको थियो ।
सहनीको सोमबार नै कैद भुक्तान सकिने दिन थियो । सहनीका आफन्तले भने समयमै जानकारी नदिएको र उपचारमा लापरबाही गरेपछि उनको मृत्यु शंकास्पद भएको भन्दै विरोध जनाएका छन् ।
मोरङ कारागारमा विगत ३० महिनायता मृत्यु हुने कैदीबन्दीको सङ्ख्या २९ जना पुगेको छ ।
हरेकको मृत्यु शङ्कास्पद हुने गरेको कारागार स्रोत बताउँछ । कारागारमा जेल सजाय भुक्तान गरिरहेका कतिपयले मरिरहेका कैदीबन्दीहरू कुटपिटका कारण भएको बताउँछन् ।














Discussion about this post