झापा : झापामा जंगली हात्तीको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ ।
जंगली हात्तीको आक्रमणबाट झापाको शिवसताक्षी नगरपालिका ११ का ४६ वर्षीय मेघराज राईको मृत्यु भएको हो ।
उनलाई घरमै सुतिरहेको बेला गएराति १ बजेको समयमा आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घरको टाटी भत्काएर हात्तीले राईलाई समेत आक्रमण गरेको प्रहरीले जनाएको छ ।
हात्तीको आक्रमणबाट मृत्यु भएका राईको शव पोस्टमार्टमका लागि अस्पताल लगेर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।
पछिल्लो केही महिनायता कोसी प्रदेशका सुनसरी, मोरङ र झापामा जंगली हात्तीले मानिसको ज्यानै लिएका घटना बढिरहेका छन् ।














Discussion about this post