Saturday, June 6, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

मोरङ र झापामा हात्तीको समस्या उस्तै, तीन जिल्लामा साउनयता सातको मृत्यु

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस १४, २०८०
in समाचार
0
मोरङ र झापामा हात्तीको समस्या उस्तै, तीन जिल्लामा साउनयता सातको मृत्यु

मोरङको जंगलमा देखिएका हात्तीका बथान । फाइल तस्बिर ।

118
SHARES
Share on FacebookShare on Twitter

इटहरी : कोसी प्रदेशका मोरङ र झापामा हात्तीको समस्या अहिले पनि उस्तै रहेको छ । बेलाबेला मात्रै आउने हात्तीका बथान अहिले यतै रमाउँदा स्थानीयबासीका लागि समस्या भएको हो ।

खासगरी झापा र मोरङमा हात्तीको उपद्रो बढेको छ भने सुनसरीमा पनि बेलाबेला हात्ती आक्रमण भइरहेको छ । हात्तीको आक्रमणबाट साउनयता मात्रै ७ जनाको मृत्यु भइसकेको छ ।

चालु आर्थिक वर्षको हालसम्म झापामा ५ तथा मोरङ र सुनसरीमा १–१ जनाको मृत्यु हात्तीको आक्रमणबाट भएको हो । यसबीचमा १० जना घाइते भएका छन् ।

हात्तीले आक्रमण गरेर मोरङमा ४, झापामा ३, सुनसरीमा २ र उदयपुरमा १ जनालाई घाइते बनाएको छ ।

आक्रमणबाट झापामा शुक्रबार मात्रै एकजनाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका ११ सृष्टि टोलका ४५ वर्षीय मेघराज राईको मृत्यु भएको हो । हात्तीले राईको घर पनि भत्काएको छ ।

हात्तीको बथानले साउनयता मात्रै झापामा ४९, मोरङमा २६, सुनसरीमा ५ र उदयपुरमा १ गरेर ८१ वटा घटना गराएको छ ।

कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी ऋषिराम कँडेलका अनुसार झापामा ५४, मोरङमा १६ र सुनसरीमा ३ गरेर ७३ वटा घरमा क्षति पुर्याएको छ । मोरङमा ८१ र झापामा २ वटा गोठमा क्षति गरेको उनले बताए ।

किसानले ७ बिघा १५ धुर क्षेत्रफलमा लगाएको बालीनाली नष्ट गरिसकेको एसपी कँडेलको भनाइ छ ।

हात्तीले हालसम्म ३ वटा जिल्लामा ४८ लाख ७४ हजार रूपैयाँभन्दा बढीको क्षति गरेको उनले बताए । उनकाअनुसार सबैभन्दा धेरै झापामा ३७ लाख ६८ हजार बढीको क्षति पुर्याएको छ ।

भारतबाट झापा हुँदै नेपाल प्रवेश गरेका हात्ती पूर्वी मोरङ र झापाका जंगलमा बसिरहेका छन् ।

डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले हात्ती आक्रमणबाट सर्वसाधारणमा त्रास बढेको उल्लेख गरे । भारतबाट झापा हुँदै छिरेको २७ वटाजतिको हुल मोरङतिर लागेको र साथमा बच्चा (छावा) पनि रहेको उनको भनाइ छ ।

बच्चा हुर्काउनतिर लागेकाले त्यो हुल हालसम्म नफर्किएको राईले बताए ।

उनले भने, ‘झापाका जंगलमा पनि झुण्ड–झुण्ड भएर बसेका छन् । एउटा झुण्डमा १० वटासम्म छन् । झापामा मात्रै ३७ देखि ४० वटा हात्ती रहेको अनुमान छ ।’

Tags: #हात्तीहात्ती आक्रमण
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक
समाचार

लागूऔषध कारोबारविरुद्ध प्रहरी सक्रिय, दुई जिल्लाबाट सात जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २३, २०८३
0

इटहरी : झापा र उदयपुर जिल्लाका विभिन्न स्थानबाट लागूऔषधसहित सात जना पक्राउ परेका छन्। झापाको अस्थायी प्रहरी चौकी गरामनीबाट खटिएको...

पहिरोले सङ्खुवासभाको पाँचखपन–चैनपुर सडक अवरुद्ध, आवागमन ठप्प
समाचार

पहिरोले सङ्खुवासभाको पाँचखपन–चैनपुर सडक अवरुद्ध, आवागमन ठप्प

by रासस
जेष्ठ २३, २०८३
0

सङ्खुवासभा : सङ्खुवासभाको पाँचखपन नगरपालिका र चैनपुर नगरपालिका जोड्ने सडक अवरुद्ध भएको छ । पहिरोले पाँचखपन नगरपालिकाअन्तर्गत बिहीबारे-भैँसीचोक-पिपलडाँडा सडकखण्ड अवरुद्ध...

जनशक्ति अभावबीच ग्रामीण शिक्षाको भरोसा बनेको सगरमाथा मावि

जनशक्ति अभावबीच ग्रामीण शिक्षाको भरोसा बनेको सगरमाथा मावि

जेष्ठ २३, २०८३
बाढीले पटकपटक डाइभर्सन बगाउँदा पाँचथरका यात्रु सास्तीमा

बाढीले पटकपटक डाइभर्सन बगाउँदा पाँचथरका यात्रु सास्तीमा

जेष्ठ २३, २०८३
मोरङको सुन्दरहरैँचामा कारको ठक्करबाट एक पुरुषको मृत्यु

सुनसरीमा तीव्र गतिको मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

जेष्ठ २२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

लागूऔषध कारोबारविरुद्ध प्रहरी सक्रिय, दुई जिल्लाबाट सात जना पक्राउ

जेष्ठ २३, २०८३
पहिरोले सङ्खुवासभाको पाँचखपन–चैनपुर सडक अवरुद्ध, आवागमन ठप्प

पहिरोले सङ्खुवासभाको पाँचखपन–चैनपुर सडक अवरुद्ध, आवागमन ठप्प

जेष्ठ २३, २०८३
जनशक्ति अभावबीच ग्रामीण शिक्षाको भरोसा बनेको सगरमाथा मावि

जनशक्ति अभावबीच ग्रामीण शिक्षाको भरोसा बनेको सगरमाथा मावि

जेष्ठ २३, २०८३
बाढीले पटकपटक डाइभर्सन बगाउँदा पाँचथरका यात्रु सास्तीमा

बाढीले पटकपटक डाइभर्सन बगाउँदा पाँचथरका यात्रु सास्तीमा

जेष्ठ २३, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1503 shares
    Share 601 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    903 shares
    Share 361 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    612 shares
    Share 245 Tweet 153
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    516 shares
    Share 206 Tweet 129

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.