धरान : धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले आफ्नो कार्यकक्षाबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएको विषयलाई लिएर शुक्रबार बस्ने कार्यपालिका वैठक ऐजेण्डामा प्रवेश नगरि स्थगित भएको छ ।
मेयर साम्पाङले एकलौटी निर्णय गरेर कार्यकक्षबाट फोटो हटाएको भन्दै धरानले संविधानसभाको नियम नमानेको देखिएको भन्दै वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरूले उक्त ठाउँमा पुनः राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को फोटो राख्न आग्रह गर्दै, फोटो नराखेसम्म कार्यपालिका बैठक नबस्ने जिकिर गरेका छन्।
मेयरले गरेको यो निर्णयले धरानको बारेमा विभिन्न किसिमका नकारात्मक टिप्पणी आएकाले धरानको नगर अभिभावक भएर परिवारसँग कुनै किसिमको छलफल नगर्दा नकारात्मक असर परेको बताए ।
मेयर साम्पाङले बिहीबार राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राखेका थिए ।














Discussion about this post