Wednesday, September 2, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

खोटाङमा शिक्षाको गुणस्तर सुधार गर्न शैक्षिक बहस

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस २४, २०८०
in समाचार
0
खोटाङमा शिक्षाको गुणस्तर सुधार गर्न शैक्षिक बहस
84
SHARES
Share on FacebookShare on Twitter

खोटाङ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले शैक्षिक गुणस्तर सुधार गर्न विभिन्न उपायको खोजी थालेको छ ।

सामुदायिक विद्यालयको घट्दो आकर्षणलाई उकास्न नगरपालिकाले नगरभित्रका राजनीतिक दलका प्रतिनिधि, वडा शिक्षा समिति, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक, पूर्वप्रधानाध्यापक, व्यवस्थापन समितिका पूर्वपदाधिकारी, विद्यार्थीलगायतलाई एक ठाउँमा भेला गरेर शैक्षिक बहस थालेको हो

पछिल्लो समय सामुदायिक विद्यालयको गुणस्तर खस्किँदै गएको अवस्थामा त्यसको जड पत्ता लगाउने लक्ष्यका साथ शैक्षिक बहस तथा अन्तक्र्रियात्मक कार्यक्रम सुरु गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले बताए ।

“सामुदायिक विद्यालयमा राज्यको करोडौँ लगानी छ, उच्च शिक्षा हासिल गरेका र तालिमप्राप्त शिक्षकको व्यवस्था छ । तर विद्यालयमा विद्यार्थी सङ्ख्या घटिरहेको छ । कतिपय कक्षा रित्तो बन्ने अवस्थामा पुगेको छ । बाँकी विद्यार्थीलाई गाउँमै रोक्ने वातावरण बन्न सकेन भने केही वर्षपछि विद्यालय नै रित्तो बन्ने अवस्था आउने सङ्केत देखिन थालेका छन्”, उनले भने, “तहअनुसार विद्यार्थीको क्षमता विकास हुनसकेको छैन । यिनै समस्या हल गर्ने प्रयासस्वरुप शैक्षिक बहस अन्तक्र्रियात्मक कार्यक्रम सुरु गरिएको हो ।”

बसाइँसराइ, निजी स्कुल, जन्मदर रोकथाम, वैदेशिक रोजगारलगायतका कारण सामुदायिक विद्यालय रित्तिँदै गएको अवस्थामा नगरपालिका विद्यार्थीलाई गाउँकै सामुदायिक विद्यालयमा बस्ने वातावरण बनाउने उपायको खोजीमा जुटेको देखिन्छ । नगरभित्र सञ्चालित सामुदायिक विद्यालयमा कैयौँ समस्या देखापरिरहेका छन् ।

नगरपालिकाले आयोजना गरेको सर्वपक्षीय शैक्षिक बहसको माध्यमबाट सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधार गर्ने राय सुझाव सङ्कलन गरेको छ । कार्यक्रममा सहभागीमध्ये ३२ जनाले सामुदायिक विद्यालय सुधार गर्ने विषयमा राय दिएका छन् । कतिपयले राजनीति सप्रिए स्वतः शिक्षामा सुधार आउने धारणा राखेका छन् । केहीले गाउँलाई बस्नलायक बनाइनुपर्ने सुझाव दिएका छन् ।

यस्तै शिक्षक, जनप्रतिनिधिलगायतका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने, आवासीय शिक्षाको प्रबन्ध मिलाउनुपर्ने, अभिभावक शिक्षाको व्यवस्था गर्नुपर्ने, समय सान्दर्भिक पाठ्यक्रम लागू गर्नुपर्नेलगायतका सुझाव आएको छ ।

सुझाव टिपोट गर्दै प्रतिवेदन तयार गर्नका लागि शुभम् फाउण्डेसनका कार्यकारी निर्देशक सूर्यबहादुर राई संयोजक तथा पञ्च मावि दिक्तेलका प्रधानाध्यापक लक्ष्मीप्रसाद खनाल र नगरपालिकाको शिक्षा शाखाका प्राविधिक सहायक प्रेम केसी सदस्य रहेको समितिलाई जिम्मेवारी दिइएको छ ।

कार्यक्रममा व्यक्त सुझावका आधारमा पाँच दिनभित्र प्रतिवेदन पेस गर्न समय दिइएको नगरप्रमुख भट्टराईले बताए ।

“न काखमा बच्चा छ न कोखमा । पाँच–सात वर्षपछि स्कुल रित्तो हुने अवस्था आउँदैछ । शैक्षिक गुणस्तर सुधारका कारणहरु खोज्न थालेका छौँ”, उनले भने, “प्राप्त राय सुझाव सङ्कलन गरेर कार्यान्वयनमा जान्छौैँ । समितिले बुझाएको प्रतिवेदनका आधारमा पुनः पाँच सदस्यीय सुझाव कार्यदल बनाउने र सो कार्यदलमार्फत वडा–वडामा पुगेर शिक्षक, अभिभावकबाट सुझाव सङ्कलन गरिन्छ । सो कार्यदलले दिएको सुझाव र निचोडलाई आगामी शैक्षिकसत्रबाट कार्यान्वयनमा ल्याउने योजना बनाएका छौँ ।”

पन्ध्र वडा रहेको यस दिक्तेल रुपाकोट मझुवागढीका अधिकांश वडाको ग्रामीण क्षेत्रमा सञ्चालित विद्यालय विद्यार्थी अभावमा सङ्कटमा पर्दै गएको छ । कतिपय विद्यालयमा विद्यार्थीभन्दा शिक्षक बढी देखिन थालेको छ ।

नगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकले शैक्षिक गुणस्तर सुधार गर्ने यसअघि नै प्रतिबद्धता जनाएका थिए ।

उसबेला मावि, निमावि र आविका विव्यास अध्यक्षले १५ तथा प्रअले १७ बुँदामा शिक्षा सुधारका काम गर्ने नगरपालिकासमक्ष लिखित प्रतिबद्धता जनाएका हुन् ।

वर्तमान जनप्रतिनिधि निर्वाचित भएलगत्तै सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि पहल थालिए पनि हालसम्म प्रभावकारी कार्यान्वयन भएको छैन ।

जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह यो नगरपालिकामा मावि, निमावि र आवि गरी ९३ सामुदायिक विद्यालय सञ्चालनमा छन् ।

Tags: #खोटाङ#राससशिक्षा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीकी एक महिलाले दुई छोरी र एक छोरासहित सप्तकोसीमा हाम्फाल्न लाग्दा प्रहरीद्वारा उद्वार
समाचार

मोटरसाइकलमा गाँजा तस्करी, सुनसरीमा दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ १७, २०८३
0

इटहरी : सुनसरीका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ४५ किलोभन्दा बढी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । दुहबी नगरपालिका–११ नहरचोकस्थित...

भोजपुरमा वन पैदावारबाट ९ करोड ६९ लाख राजस्व
विविध

भोजपुरमा वन पैदावारबाट ९ करोड ६९ लाख राजस्व

by रासस
भदौ १७, २०८३
0

भोजपुर : जिल्लामा काठ तथा गैरकाष्ठ वन पैदावारको निकासीबाट रु नौ करोड बढी राजस्व सङ्कलन भएको छ । डिभिजन वन...

मोरङमा एक पुरुष मृत भेटिए

सुनसरीमा उद्योग परिसरमै क्रेनले किच्दा मजदुरको मृत्यु

भदौ १७, २०८३
कोशीका पाँच जिल्लाका बालबालिकामा कुपोषण चिन्ताजनक

कोशीका पाँच जिल्लाका बालबालिकामा कुपोषण चिन्ताजनक

भदौ १६, २०८३
टाकुरा न्यूजको समाचार संयोजकमा पराजुली र साहित्यिक संयोजकमा भट्टराई नियुक्त

टाकुरा न्यूजको समाचार संयोजकमा पराजुली र साहित्यिक संयोजकमा भट्टराई नियुक्त

भदौ १६, २०८३
कोशीका १५९ जना अझै बेपत्ता, सोलुखुम्बुका ४२

कोशीका १५९ जना अझै बेपत्ता, सोलुखुम्बुका ४२

भदौ १६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीकी एक महिलाले दुई छोरी र एक छोरासहित सप्तकोसीमा हाम्फाल्न लाग्दा प्रहरीद्वारा उद्वार

मोटरसाइकलमा गाँजा तस्करी, सुनसरीमा दुई जना पक्राउ

भदौ १७, २०८३
भोजपुरमा वन पैदावारबाट ९ करोड ६९ लाख राजस्व

भोजपुरमा वन पैदावारबाट ९ करोड ६९ लाख राजस्व

भदौ १७, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

सुनसरीमा उद्योग परिसरमै क्रेनले किच्दा मजदुरको मृत्यु

भदौ १७, २०८३
कोशीका पाँच जिल्लाका बालबालिकामा कुपोषण चिन्ताजनक

कोशीका पाँच जिल्लाका बालबालिकामा कुपोषण चिन्ताजनक

भदौ १६, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    307 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    281 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.