Tuesday, September 8, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

धनकुटा बजारमा ट्राफिक व्यवस्थापनका लागि नगरपालिकाले लागू गर्‍यो नयाँ नियम

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ २, २०८०
in समाचार
0
धनकुटा बजारमा ट्राफिक व्यवस्थापनका लागि नगरपालिकाले लागू गर्‍यो नयाँ नियम
90
SHARES
Share on FacebookShare on Twitter

धनकुटा : ट्राफिक व्यवस्थापनका लागि धनकुटा बजारमा मंगलबार (आज)बाट नयाँ नियम लागू गरिएको छ ।

बजारमा बढ्दै गएको सवारी चाप व्यवस्थापनका लागि नगरपालिकाले पार्किङ, अटो स्टेण्ड, यात्रु चढाउने/ओराल्ने र सामान लोड/अनलोड सम्बन्धी नयाँ नियम लागू गरेको हो ।

नयाँ नियमअनुसार मदनचोकदेखि भीमनारायण चोकसम्म दोहोरो पार्किङ निषेध गरिएको छ ।

दुई पाङ्ग्रे सवारी साधनलाई बारको आधारमा एकोहोरो पार्किङको व्यवस्था गरिएको छ । आइतबार, मंगलबार र बिहीबार सडकको पूर्वतर्फ र सोमबार, बुधबार र शुक्रबार पश्चिमतर्फ पार्किङ गर्ने नियम बनाइएको छ ।

अटोसहितका तीनपाङ्ग्रे सवारी साधनले बजारका जुनसुकै क्षेत्रमा रहेर यात्रु कुर्न गर्न नपाउने भएका छन् ।

उनीहरूको पार्किङ क्षेत्र त्रिवेणी चोक, परिचयमोड र बसपार्कलाई तोकिएको छ । साना चारपाङ्ग्रे सवारी साधनले बजारमा यात्रु चढाउन र ओराल्न मात्र पाउनेछन् ।

सामान लोड/अनलोडको पनि समय निर्धारण गरिएको छ । मालबाहक साधनले बिहान ९ देखि १०ः३० र बेलुका ३ः३० देखि ५ः३० बजे बाहेकको समयमा मात्र सामान लोड/अनलोड गर्न पाउनेछन् ।

धनकुटा बजारमा यसअघि ट्राफिक व्यवस्थापनको बेग्लै नियम थिएन । बजार क्षेत्रमा साँघुरो सडक र बढ्दै गएको सवारी चापका कारण सवारी आवतजावतमा समस्या देखिन थालेपछि व्यवस्थापनका लागि नयाँ नियम लागू गरिएको नगर प्रमुख चिन्तन तामाङले बताए ।

‘बजारको सडक साँघुरो छ, गाडीहरू बढिरहेका छन्, त्यसमाथि सडकको दुवैतर्फ पार्किङ गरिदिनाले आवतजावतमा समस्या हुन थालेपछि नयाँ नियम लागु गरेका छौं,’ मेयर तामाङले भने, ‘यो नियमले सवारी आवतजावत केही हदसम्म सहज हुन्छ भन्ने लागेको छ ।’

नगरपालिकाले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयसँग समन्वय गरेर सवारी व्यवस्थापनको प्रयास थालेको हो ।

यसअघि प्रमुख जिल्ला अधिकारी पूण्यविक्रम पौडेल, धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईसहितको टोलीले ट्राफिक व्यवस्थापनका लागि बजारको स्थलगत अनुगमन गरेको थियो ।

नियम कार्यान्वयनका लागि अहिले बजार क्षेत्रमा नगर प्रहरी, नेपाल प्रहरी र ट्राफिक प्रहरीको टोली परिचालन गरिएको छ ।

Tags: #ट्राफिक#धनकुटाचिन्तन तामाङ
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

भोटेकोशी विपत्तिका दिवंगतको स्मृतिमा सुनसरीमा सामूहिक पाठ
विविध

भोटेकोशी विपत्तिका दिवंगतको स्मृतिमा सुनसरीमा सामूहिक पाठ

by टाकुरा न्यूज । इटहरी
भदौ २२, २०८३
0

इटहरी : रसुवाको भोटेकोशी क्षेत्रमा भएको भीषण विपत्तिमा दिवंगत भएकाहरूको चिरशान्तिको कामना तथा बेपत्ता भएकाहरूको सकुशल खोजीका लागि सुनसरीका विभिन्न...

हिमाल चढ्नेहरूको भीडमा टासीको अधुरो यात्रा
FEATURE BREAKING

हिमाल चढ्नेहरूको भीडमा टासीको अधुरो यात्रा

by अर्जुन उप्रेती
भदौ २२, २०८३
0

इटहरी : शिखर चुम्ने सपना पछाउँदै गर्दा आधार शिविरमै ज्यान गुमाउन पुगे टाशी शेर्पाले । टेन्टमा सुतिरहेकै अवस्थामा उनको मृत्यु...

चार हजार तीन सय किलोभन्दा बढी गाँजासहित ९९ जना पक्राउ

चार हजार तीन सय किलोभन्दा बढी गाँजासहित ९९ जना पक्राउ

भदौ २२, २०८३
भोटेकोशी बाढी पीडितलाई ताप्ली गाउँपालिकाकाे उन्नाईस लाख सहयोग

भोटेकोशी बाढी पीडितलाई ताप्ली गाउँपालिकाकाे उन्नाईस लाख सहयोग

भदौ २२, २०८३
भोजपुरमा ग्रामीण जनजीवनलाई थप सहज बनाउँदै विद्युत् सेवा

करेन्ट लागेर विद्युत कर्मचारीकोे ज्यान गयो

भदौ २२, २०८३
बसाइँसराइले उदयपुरका पहाडी गाउँ रित्तिँदै

बसाइँसराइले उदयपुरका पहाडी गाउँ रित्तिँदै

भदौ २२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

भोटेकोशी विपत्तिका दिवंगतको स्मृतिमा सुनसरीमा सामूहिक पाठ

भोटेकोशी विपत्तिका दिवंगतको स्मृतिमा सुनसरीमा सामूहिक पाठ

भदौ २२, २०८३
हिमाल चढ्नेहरूको भीडमा टासीको अधुरो यात्रा

हिमाल चढ्नेहरूको भीडमा टासीको अधुरो यात्रा

भदौ २२, २०८३
प्रकृतिको ताण्डव (कविता)

प्रकृतिको ताण्डव (कविता)

भदौ २२, २०८३
चार हजार तीन सय किलोभन्दा बढी गाँजासहित ९९ जना पक्राउ

चार हजार तीन सय किलोभन्दा बढी गाँजासहित ९९ जना पक्राउ

भदौ २२, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    449 shares
    Share 180 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    310 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    293 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    281 shares
    Share 112 Tweet 70

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.