Saturday, May 9, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

पथरी शनिश्चरेमा नगर खेलकुद महोत्सव हुँदै

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ ५, २०८०
in खेलकुद, समाचार
0
स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी खेलकुदका प्रशिक्षण सुरु गर्न अनुमति
112
SHARES
Share on FacebookShare on Twitter

पथरी (मोरङ) : मोरङको पथरी शनिश्चरे नगरपालिकाले नगरभित्र खेलिने खेललाई  दृष्टिगत गर्दै खेलकुद महोत्सव (नगर ओलम्पिक) गर्ने भएको छ ।

भोलिदेखि माघ १५ सम्म हुने ‘पथरी शनिश्चरे नगर खेलकुद महोत्सव-२०८०’ मा सात विधामा प्रतिस्पर्धा हुने नगरले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।

पहिलो पटक ‘खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने नाराका साथ खेलकुदमा नयाँ आयमको सुरुआत गर्न लागिएको नगर कार्यालयले जनाएको छ । नगरभित्र रहेका खेलाडीको हौसला प्रदान गर्दै केही नयाँ कार्यक्रम गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको खेलकुद विकास समिति संयोजक दीपक राईले बताउनुभयो ।

“सकेसम्म बढी खेल समावेश गर्ने कोशिस गरेका छौँ । पहिलो पटक भएकाले व्यवस्थापन गर्न कठिन भइरहेको छ”, संयोजक राईले भन्नुभयो । महोत्सव नगरकै गौरव भएकाले यसलाई सफल बनाउन सम्पूर्ण नगरवासीलाई सहयोग गर्न उहाँले अनुरोध गर्नुभयो ।

उहाँका अनुसार माघ ६ गते हुने शनिबार प्रस्तावित पथरी रङ्गशालामा उदघाटन हुने कार्यक्रमको अन्तिम चरणमा पुगेको छ ।

उक्त प्रतियोगितामा फुटबल, तेक्वान्दो, कराँते र मिनि म्याराथन (दौड) मा महिला र पुरुष दुवै विधामा खेल हुने समितिका सदस्य सचिव तथा नगर शिक्षा तथा खेलकुद शाखाका अधिकृत नवीन खुलालले जानकारी दिनुभयो । उहाँका अनुसार बुद्धिचाल (चेस), भलिबल र क्रिकेटमा पनि प्रतियोगिता हुनेछ । बुद्धिचाल खुला रहनेछ भने भलिबल र क्रिकेट पुरुष विधामा मात्रै प्रतिस्पर्धा हुनेछ ।

१४ लाख ३१ हजारको बजेटमा हुन लागेको महोत्सवमा फुटबलका लागि १० समूह, क्रिकेटमा नौ, भलिबलमा सात समूहले सहभागिता जनाएका छन् । कराँतेमा पुरुष ३७ र महिला २०, तेक्वान्दोमा ५० र बुद्धिचालमा हालसम्म ८० जनाको नाम दर्ता भएको छ । त्यस्तै, मिनी म्याराथनका लागि ३० जनाले नाम दर्ता गराएको पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

फुटबल प्रतियोगितामा विजेता समूहले एक लाख, उपविजेताले ५० हजार, महिलातर्फका विजेताले १० हजार र उपविजेताले पाँच हजार नगदसहति ट्रफी, मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ । भलिबल खेलमा प्रथम हुनेले २५ हजार र दोस्रोले १५ हजार, क्रिकेटमा पहिलोले २० र दोस्रो १५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

कराँते र तेक्वान्दोमा प्रथम पुरस्कार पाँच हजारका दरले रहने छ भने मिनी म्याराथनमा प्रथम छ हजार, दोस्रो चार हजार र तेस्रो हुनेले दुई हजारका दरले नगद पुरस्कार पाउनेछन् ।

फुटबलमा प्रत्येक खेलमा म्यान अफ दी म्याच र विधागत पुरस्कारतर्फ उत्कृष्ट खेलाडीलाई गोल्डेन बल, गोल्डेन बुट र गोल्डेन ग्लोब्सले पुरस्कृत गरिने छ । पत्रकार सम्मेलनमा फुटबल, क्रिकेट र भलिबल प्रतियोगिताको खेल तालिका पनि सार्वजनिक गरिएको छ ।

Tags: #खेलकुद#मोरङ#रासस
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

हिमाल आरोहणमा नयाँ कीर्तिमान कायम गर्दै निमाछिरिङ, १६ वर्षमै मनास्लुको चुचुरो पुगे 
FEATURE BREAKING

हिमाल आरोहणमा नयाँ कीर्तिमान कायम गर्दै निमाछिरिङ, १६ वर्षमै मनास्लुको चुचुरो पुगे 

by अर्जुन उप्रेती
बैशाख २५, २०८३
0

विश्वमा सबैभन्दा धेरै हिमाल नेपालमा छन् । र, ती हिमालमा बनेका विश्व कीर्तिमान पनि सबैभन्दा बढी नेपालीकै नाममा दर्ज छन्...

इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ
समाचार

इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

by टाकुरा न्यूज । इटहरी
बैशाख २५, २०८३
0

इटहरी : इटहरी उपमहानगरपालिका–१९ ब्रहमपुरबाट प्रहरीले लागूऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ । लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा...

त्रिसाली मेला : धान नाचसँगै च्याब्रुङको धुन र ‘पालाम’ ले गुञ्जायमान

त्रिसाली मेला : धान नाचसँगै च्याब्रुङको धुन र ‘पालाम’ ले गुञ्जायमान

बैशाख २५, २०८३
मानव–हात्ती द्वन्द्वबाट प्रभावित मेचीनगरमा निर्माण भएको ‘प्रकृति पार्क’ पर्यटकको रोजाइ

मानव–हात्ती द्वन्द्वबाट प्रभावित मेचीनगरमा निर्माण भएको ‘प्रकृति पार्क’ पर्यटकको रोजाइ

बैशाख २५, २०८३
द्वन्द्वकालमा नष्ट भएका साढे ३ सय हेक्टर बढी जग्गाको लालपूर्जा हस्तान्तरण

इलाममा भूमिहीन सुकुमवासीलाई जग्गाधनी प्रमाणपत्र वितरण

बैशाख २५, २०८३
करेन्ट लागेर एकजना विद्युत् कर्मचारीको मृत्यु, तीनजना घाइते

खोटाङमा करेन्ट लागेर एक पुरुषको मृत्यु 

बैशाख २४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

हिमाल आरोहणमा नयाँ कीर्तिमान कायम गर्दै निमाछिरिङ, १६ वर्षमै मनास्लुको चुचुरो पुगे 

हिमाल आरोहणमा नयाँ कीर्तिमान कायम गर्दै निमाछिरिङ, १६ वर्षमै मनास्लुको चुचुरो पुगे 

बैशाख २५, २०८३
इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

बैशाख २५, २०८३
त्रिसाली मेला : धान नाचसँगै च्याब्रुङको धुन र ‘पालाम’ ले गुञ्जायमान

त्रिसाली मेला : धान नाचसँगै च्याब्रुङको धुन र ‘पालाम’ ले गुञ्जायमान

बैशाख २५, २०८३
मानव–हात्ती द्वन्द्वबाट प्रभावित मेचीनगरमा निर्माण भएको ‘प्रकृति पार्क’ पर्यटकको रोजाइ

मानव–हात्ती द्वन्द्वबाट प्रभावित मेचीनगरमा निर्माण भएको ‘प्रकृति पार्क’ पर्यटकको रोजाइ

बैशाख २५, २०८३



लाेकप्रिय

  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    651 shares
    Share 260 Tweet 163
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    622 shares
    Share 249 Tweet 156
  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1553 shares
    Share 621 Tweet 388
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    470 shares
    Share 188 Tweet 118
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    420 shares
    Share 168 Tweet 105

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.