इटहरी (डेस्क) : धनकुटा र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर र ट्याब्लेटसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यलय धनकुटाबाट खटिएको प्रहरी टोलीले धनकुटा नगरपालिका ७ बसपार्क स्थितमा शंकास्पद अवस्थामा रहेका धनकुटा नगरपालिका ७ का २१ वर्षीय किरण राईको साथबाट ट्रामाडोल ३७० क्यापसुल र डिकोलिक ३६९ ट्याव्लेट सहित पक्राउ गरेको हो ।
यसैगरी लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको टोलिले विराटनगर महानगरपालिका १५ स्थितबाट भारतबाट नेपालतर्फ आउँदै गरेका तीनजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङ जहदा गाउँपालिका ५ का २६ वर्षीय रञ्जित कुमार शर्मालाई ३ सय ४० मिलिग्राम, दुहबी नगरपालिका ८ सुनसरीका २४ वर्षीय मो. शहवाज र सन्तोष सिंहलाई १ ग्राम ७ सय ५० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो ।
लागूऔषधसहित पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post