इटहरी : सुनसरी र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानबाट गाँजा र ब्राउनसुगरसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा अस्थायी प्रहरी चौकी रासीबाट खटिएको प्रहरीको टोलीले सुनसरीको देवानगञ्ज गाउँपालिका ६ नहरचौक स्थितमा रासिबाट भारततर्फ जाँदै गरेको को १ ह ५०९९ नम्बरको अटोलाई रोकेर चेकजाँच गर्दा १ किलोको पोका बनाएर राखेको ८० वटा पोकामा भएको जम्मा ८० किलो गाँजा बरामद गरेको थियो ।
बरामद गाँजासहित अटो चालक धरान उपमहनगरपालिका ११ का २९ वर्षीय कुमार तामाङ र अटोमा सवार ३० वर्षीय रामबहादुर राईलाई नियन्त्रणमा लिइएको हो ।
यसैगरी लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले भारतको अररिया जोगबनी ११ धर्मशालाका २० वर्षीय विशाल पोदारलाई पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाटमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा ३ ग्राम ११ मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनैजनामाथि थप अनुसन्धान भइरहेको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।













Discussion about this post