Saturday, August 29, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

राष्ट्रियसभा निर्वाचन : यस्तो छ इटहरीकी रुक्मिणी कोइरालाको राजनीतिक पृष्ठभूमि

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ ११, २०८०
in टाकुरा विशेष, समाचार
0
राष्ट्रियसभा निर्वाचन : यस्तो छ इटहरीकी रुक्मिणी कोइरालाको राजनीतिक पृष्ठभूमि
179
SHARES
Share on FacebookShare on Twitter

इटहरी : कोसी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा विजयी भएकी रुक्मिणी कोइराला इटहरी २ निवासी हुन् । उनी एमालेको तर्फबाट राष्ट्रियसभा निर्वाचनमा माओबादीकी चम्पादेवी कार्कीलाई पराजित गर्दै निर्वाचित भएकी हुन् ।

भूमिगत गतिविधिबाट राजीतिमा सक्रिय बनेकी कोइराला ०४६ सालपछि राजनीतिमा उदाएकी नेत्री हुन् । नेकपा एमालेका त्यागी नेता स्व. ओम कोइरालाकी बुहारी (भाइकी श्रीमती) उनी घरको बुहारीका रूपमा काम गर्थिन् ।

त्यसबेला कोइराला परिवारमा मदन भण्डारीसहितका एमाले नेताहरू आउँथे । भूमिगत गतिविधि पनि उनको घरबाटै सञ्चालन हुन्थ्यो ।

त्यसैबेलादेखि पार्टीका नेताहरूसँग चिरपरिचित रहेकी उनले ०४६ सालबाट सक्रिय रूपमा राजनीतिमा होमिइन् । उनी यसअघि पार्टीको जिल्ला, प्रदेश सदस्य हुँदै हाल अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य छिन् ।

इटहरी २ का वडाध्यक्षसमेत रहेका उनका देवर माधव कोइरालाका अनुसार पार्टीमा निरन्तरता र सक्रियताकै कारण आज उनी राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी छन् ।

‘भाउजूले सानै उमेरमा दाइसँग बिहे गर्नुभएको हो । दाइ दस कक्षामा पढ्नुहुन्थ्यो । बिहे भएर आएको कुरा मलाई थाहा नै छैन,’ कोइरालाले टाकुरा न्यूजसँग भने, ‘जेठा दाइ –ओम कोइराला) पहिलादेखि नै राजनीतिमा लाग्नुभयो । यसै क्रममा हाम्रो घरबाट भूमिगत गतिविधि पनि हुन्थ्यो । हाम्रोमा आएका नेताहरूलाई भाउजूले चिया पकाएर दिने गर्नुहुन्थ्यो । त्यही क्रममा नेताहरूसँग पनि राम्रो सम्बन्ध भयो ।’

नेताहरू आउजाउ भइरहने र सोही प्रभावका कारण उनी पनि पार्टीको सदस्य हुँदै हाल राष्ट्रियसभामा निर्वाचित भएकी छन् ।

नेताहरूसँगको घुलमिलका कारण पार्टी राजनीतिमा सक्रिय हुँदै उनी निरन्तर योगदान गर्दै गइन् ।

फलस्वरुप २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा उनले इटहरी वडा नं. २ बाट महिला सदस्यमा निर्वाचित भइन् । महिला सदस्यमा निर्वाचित भएर जनसेवामा खटिएकी उनी पछि स्वयम्सेवकसमेत बनिन् ।

‘भाउजू यो बीचको समयमा निकै बिरामी पनि हुनुभयो । तर, बिरामी भएपनि पार्टीमा निरन्तर लाग्नुभयो । पार्टीको जे जिम्मा दिन्छ त्यसलाई सक्रियतापूर्वक निर्वाह गर्नुभयो,’ वडाध्यक्ष कोइरालाले भने, ‘सोही निरन्तरताकै कारण आज सफलता मिलेको छ ।’

उनी इटहरी २ मा स्वयम्सेवक थिइन् । केही समयअघि मात्रै उनले सो पदबाट राजीनामा दिएकी हुन् । दुई छोरा र दुई छोरीकी आमा रुक्मिणीको निरन्तरता नै सफलताको सुत्र रहेको जानकारहरू बताउँछन् ।

पारिवारिक पृष्ठभूमि नै राजनीति

कोइरालाको पारिवारिक पृष्ठभूमि पनि राजनीति नै हो । सानै उमेरमा बिहे गरेर आएपनि घरको वातावरणले उनलाई राजनीतिमा सक्रियता हुन प्रेरित ग¥यो । खासगरी जेठाजु ओम कोइराला राजनीतिमा सक्रिय थिए । मजदुर नेतासमेत भनेर चिनिने कोइरालालाई त्यागी नेताका रूपमा समेत चिनिन्छ ।

०३९ सालमा जननेता तत्कालीन एमाले नेता मदन भण्डारीले जोडबल गर्दा पनि राष्ट्रिय पञ्चायत सदस्यको निर्वाचनमा जनपक्षीय उम्मेदवार नहुनु र सुनसरी पार्टीकै पनि प्रथम नेतृत्व गर्ने सवालमा आँट नगरेको कोइरालामाथि आरोपसमेत लाग्ने गथ्र्यो ।

एक इमान्दार नेताका रूपमा चिनने ओमको २०७८ असोजमा निधन भइसकेको छ । यद्यपि, ओमका भाइ माधव कोइराला अहिले इटहरी उपमहानगरपालिका वडा नं. २ का वडाध्यक्ष छन् ।

गत स्थानीय तहको निर्वाचनमा उनी वडाध्यक्ष निर्वाचित भएका हुन् । पारिवारिक पृष्ठभूमि सबै राजनीतिक नै रहँदा रुक्मिणीलाई पनि राजनीतिमा होमिन सहज भयो ।

राष्ट्रियसभा निर्वाचनका लागि एमाले केन्द्रीय कमिटिबाटै उनको नाम सिफारिस भएको एमाले नेताहरू बताउँछन् ।

‘उहाँको नाम पार्टी केन्द्रीय कमिटिबाटै सिफारिस भएको हो,’ एमाले सुनसरीका एक नेताले भने, ‘निरन्तर र अनवरत रूपमा पार्टीमै योगदान गर्नुभएका उहाँजस्ता मानिस राष्ट्रियसभामा जानु हाम्रो लागि खुशीको कुरा हो ।’

Tags: कोसी प्रदेशटाकुरा विशेषराष्ट्रियसभारुक्मिणी कोइराला
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते
विविध

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

by रासस
भदौ १२, २०८३
0

खोटाङ : धार्मिक मेला भरेर घर फर्कँदै गरेको अवस्थामा खोटाङमा ट्याक्टर दुर्घटना हुँदा ३४ जना भक्तजन घाइते भएका छन्। दिक्तेल...

इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने
विविध

इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने

by टाकुरा न्यूज । इटहरी
भदौ १२, २०८३
0

इटहरी : पठनपाठनसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै इटहरीस्थित नमुना कलेजले भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख...

ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका कैदी पक्राउ

भदौ १२, २०८३
जेनजी आन्दोलनमा हराएका सामग्री बुझाउन इटहरी ट्राफिकको आग्रह, नबुझाए के हुन्छ ?

कोशीमा साउनमै ४४० सवारी दुर्घटना, १९२ को कारण तीव्र गति

भदौ १२, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

भोटेकोशी विपद् : कोशी प्रदेश सरकारद्धारा तीन करोड सहयोग

भदौ १२, २०८३
आज जनैपूर्णिमा

आज जनैपूर्णिमा मनाइँदै, जनै फेर्नेदेखि रक्षाबन्धन र क्वाँटी खानेसम्मको परम्परा

भदौ १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

भदौ १२, २०८३
इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने

इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने

भदौ १२, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका कैदी पक्राउ

भदौ १२, २०८३
जेनजी आन्दोलनमा हराएका सामग्री बुझाउन इटहरी ट्राफिकको आग्रह, नबुझाए के हुन्छ ?

कोशीमा साउनमै ४४० सवारी दुर्घटना, १९२ को कारण तीव्र गति

भदौ १२, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    306 shares
    Share 122 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    280 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    278 shares
    Share 111 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.