विराटनगर : लागूऔषध ब्राउनसुगरको ओसारपसार र कारोबारमा संलग्न दुई जना युवतीलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका १७ की १९ वर्षीया अनिता बैठा र ३० वर्षीया सरस्वती गुरुङ रहेका छन् ।
प्रहरीका अनुसार दुवै जना ब्राउनसुगरको ओसारपसार र कारोबारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
भारतको जोगवनीबाट ब्राउनसुगर खरिद गरेर आउँदै गर्दा उनीहरूलाई विराटनगर १५ बैंक रोड चोकबाट पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए ।
बैठाको साथबाट लागूऔषध ब्राउन सुगर १९.३३ ग्राम फेला परेको दाहालको भनाइ छ। लगत्तै प्रहरीले गुरुङको कोठामा छापा हानेको थियो ।
कोठामा प्रहरीले खानतलासी गर्दा सानो डिजिटल तराजु फेला परेको थियो । जोगवनीबाट ब्राउन सुगर कोठामा ल्याएर राख्ने र डिजिटल तराजुमा जोख्दै अन्यत्र ‘सप्लाई’ गरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएका बैठा र गुरुङविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीले जनाएको छ ।













Discussion about this post