Sunday, May 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

स्वर्ण पदक बिजेता शुशीला राई सहित तीनजना तरहरामा सम्मानित (९ तस्विरसहित)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ २४, २०७६
in खेलकुद, फाेटाे फिचर, समाचार
0
स्वर्ण पदक बिजेता शुशीला राई सहित तीनजना तरहरामा सम्मानित (९ तस्विरसहित)
881
SHARES
Share on FacebookShare on Twitter

तरहरा । १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) अन्र्तगत भएको तेक्वान्दो खेलमा स्वर्ण पदक बिजेता शुशीला राई र साफ च्याम्पियनसीप अन्र्तगत भएको फुटबल खेलमा निर्णायक गोल गर्दै नेपाललाई बिजेता दिलाउन सफल भएका असीम राईलाई इटहरी २० तरहरामा सम्मान गरिएको छ ।
इटहरी उपमहानगरपालिका वडा नं. २० ले उनीहरुलाई शुक्रबार तरहरामा एक कार्यक्रमका बीच सम्मान गरेको हो । इटहरी २० तरहरा निवासी रहेकी शुशीलाले सागमा नेपाललाई स्वर्ण पदक दिलाएकी थिईन् । उनलाई नगद २५ हजार सहित सम्मान पत्रले कार्यक्रमका प्रमुख अतिथि सुनसरी क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद सिताराम मेहेताले सम्मान गरेका थिए । त्यस्तै, साफ च्याम्पियनसीप अन्र्तगत भएको खेलमा अन्तिम समयमा निर्णायक गोल गर्दै नेपाललाई जिताउन सफल भएका असीमलाई नगद १० हजार सहित सम्मान पत्रले सम्मान गरिएको थियो ।

तरहरा निवासी रहेका राईद्धयको फुटबल खेलमा अतुलनीय योगदान रहेको भन्दै उनलाई सम्मान गरिएको थियो । त्यस्तै, सोही कार्यक्रमको अवसर पारेर स्वर्ण पदक बिजेता शुशीला राईकी गुरु कुमार गुरुङलाई समेत सम्मान पत्रले सम्मान गरिएको थियो ।


शुशीला र असीमले खेल क्षेत्रमा नेपाललाई विश्वसामु चिनाउँन अथक मेहनत गरेको भन्दै सम्मान गरिएको वडाध्यक्ष मणिराम श्रेष्ठले बताए । उनले भने, ‘तरहराकी हाम्री चेलीले देशलाई नै विश्वमा चिनाउँन सफल भएको बधाईसहित उनको सम्मानका निम्ति यो सानो प्रयास गरेका हौँ ।’ शुशीलाले तेक्वान्दो खेलमार्फत र असीमले साफ च्याम्पियनसीप अन्र्तगत फुटबल खेलमा देशको शान राखेको भन्दै वडाध्यक्ष श्रेष्ठले प्रसंसा गरे ।

उनले आगामी दिनमा खेलाडीहरुको प्रोत्साहनका निम्ति कार्यक्रमको आयोजना गर्ने र सम्मान गर्ने समेत बताए । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य सिताराम मेहेताले खेलाडी देशका गहना रहेको र वडाले उनीहरुको सम्मानमा कार्यक्रम आयोजना गर्नु सराहनीय रहेको तर्क गरे । ‘खेलाडीहरुकै कारण आज विश्वमा नेपाल चिनिएको छ,’ उनले भने, ‘खेलाडीहरुको सम्मानका निम्ति सबैले हातेमालो गर्ने समय आएको छ ।’


कार्यक्रम संयोजन गर्ने स्थानीय कलाकार नवीन गुरुङले भने खेलाडीलाई राष्ट्रले चिन्न नसकेको र उनीहरुको सम्मानका निम्ति सरकार गम्भीर नभएको तर्क गरे । उनले भने, ‘खेलाडीकै कारण आज नेपालले गर्व गर्न पाएको छ, तर खेलाडीको पीडा सरकारले बुझ्न सकेन ।’ खेलाडीको प्रोत्साहनका निम्ति वडाले सम्मान कार्यक्रम आयोजना गर्नु अनुकरणीय रहेको उनको भनाई थियो ।

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

धरान : सात वर्षदेखि लेदुवा खोलाको पुल निर्माण अधुरै
विविध

धरान : सात वर्षदेखि लेदुवा खोलाको पुल निर्माण अधुरै

by रासस
जेष्ठ ३, २०८३
0

धरान : धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको लेदुवा खोलामा निर्माणाधीन पुल सात वर्ष बित्दासमेत पूरा हुन सकेको छैन । सम्झौता...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

झापामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु

by टाकुरा न्यूज । इटहरी
जेष्ठ ३, २०८३
0

झापा : झापाको कमल गाउँपालिका–१ इट्टाभट्टास्थित भित्री पक्की सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। शनिवार साँझ करिब...

बीउ बैंकमार्फत रैथाने बाली संरक्षण

बीउ बैंकमार्फत रैथाने बाली संरक्षण

जेष्ठ ३, २०८३
तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

जेष्ठ २, २०८३
पर्यापर्यटनसहितको पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै वेतना सिमसार

पर्यापर्यटनसहितको पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै वेतना सिमसार

जेष्ठ २, २०८३
हुलाकी राजमार्ग : १२ वर्षमा ७५ प्रतिशत काम सम्पन्न, कहिले पूरा हुन्छ ?

हुलाकी राजमार्ग : एक वर्ष नपुग्दै सडक भत्किन थालेपछि दुर्घटनाको जोखिम

जेष्ठ २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धरान : सात वर्षदेखि लेदुवा खोलाको पुल निर्माण अधुरै

धरान : सात वर्षदेखि लेदुवा खोलाको पुल निर्माण अधुरै

जेष्ठ ३, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु

जेष्ठ ३, २०८३
बीउ बैंकमार्फत रैथाने बाली संरक्षण

बीउ बैंकमार्फत रैथाने बाली संरक्षण

जेष्ठ ३, २०८३
तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

जेष्ठ २, २०८३



लाेकप्रिय

  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1367 shares
    Share 547 Tweet 342
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    652 shares
    Share 261 Tweet 163
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    623 shares
    Share 249 Tweet 156
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    512 shares
    Share 205 Tweet 128
  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1557 shares
    Share 623 Tweet 389

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.