इटहरी (डेस्क) : मोरङ र झापाको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङको पथरी शनिश्चरे नगरपालिका ४ बाट स्थानीय ३३ वर्षीय चित्रकुमार रपाल (बि.क) लाई २५ ग्राम लागूऔषध ब्राउनसुगर, विभिन्न कम्पनीका पाँच थान मोबाइल र डिजिटल तराजु १ थानसहित पक्राउ गरिएको हो ।
यसैगरी लागूऔषध नियन्त्रण ब्यूरो काकाडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर ६ बाट बुद्धशान्ति गाउँपालिका ५ का २२ वर्षीय स्मार्ट थेवेलाई १ ग्राम लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।













Discussion about this post