Thursday, May 7, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीमा हात्ती पीडितका समस्या सुन्दै कांग्रेस

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ २१, २०८०
in समाचार
0
इटहरीमा हात्ती पीडितका समस्या सुन्दै कांग्रेस
121
SHARES
Share on FacebookShare on Twitter

इटहरी : आइतबार बिहानको समय । अरुबेला आम निर्वाचनका बेला मत माग्न आउने नेताहरू यसबेला भने सर्वसाधारणका बालीनाली र घर वरिपरी घुमिरहेका थिए ।

आम निर्वाचनबाहेक पार्टीको आन्तरिक चुनावमा कार्यकर्ताका घरमा पुग्ने नेताहरू आइतबार भने कुनै पार्टीको कार्यक्रम, भेला वा निर्वाचनका लागि गएका होइनन् ।

पछिल्लो समय सुनसरीको इटहरी क्षेत्रमा हात्तीले उपद्रो मच्चाउँदा समस्या हुँदै आएकाले आइतबार नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. २ (क) ले ‘समुदायमा कांग्रेस’ कार्यक्रम अन्तर्गत ‘हात्ती प्रभावित क्षेत्र’मा पुगेर जनताको गुनासो सुनेको हो ।

कोसी प्रदेशका सुनसरी, मोरङ र झापामा पछिल्लो समय जंगली हात्तीले वितण्डा मच्चाइरहेको छ । यसैबेला जनताको समस्यामा कांग्रेसले सम्बोधन गर्नुपर्ने भन्दै उक्त कार्यक्रमको आयोजना गरिएको कांग्रेस सुनसरी क्षेत्र नं. २ (क) का सभापति सुबेक्छु देवानले बताए ।

‘समुदायमा जाऔँ, समुदायलाई सुनौँ भनेर इटहरी १९ बाट यो कार्यक्रमको सुरुआत गरिएको हो,’ उनले भने, ‘आज हामीले जनगुनासो सुन्यौँ, भत्किएका घरहरू हेर्यौँ । हात्ती सम्बन्धी विज्ञ ल्याएर केही सचेतसमेत गरायौँ ।’

जनतामा हात्तीका कारण त्रास फैलिएको र बस्नै समस्या भइरहेको बेला जनताका समस्यामा कांग्रेस रहेको सन्देश दिन पनि उक्त कार्यक्रमको आयोजना गरिएको उनले बताए ।

उनका अनुसार इटहरी १९ बाट सुरु भएको उक्त कार्यक्रम, वडा नं. २०, २ हुँदै ३ मा पुगेर समापन गरिएको थियो ।

नेता तथा कार्यकर्ताहरूले पैदल नै हिँडेर जनताको घरदैलोमा पुग्दै समस्या तथा गुनासाहरू सुनेका थिए । हात्ती पीडितहरू सम्बन्धित निकायमा पुग्न नसकिरहेको अवस्थामा आफूहरूले पुलको काम गरिरहेको देवानले बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्धय राजीव ढुंगाना, प्रदीप सुनुवार, कोसी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राई, जिल्ला समन्वय समिति सुनसरीका सभापति राजन मेहता, पूर्व राज्यमन्त्री तथा कांग्रेस नेता सीताराम मेहता, कांग्रेस सुनसरीका सभापति तथा इनरुवा नगरपालिकाका मेयर केदार भण्डारी, इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेल, इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठ, कांग्रेस इटहरीका युवा नेता विकास केसीसहितका नेता तथा कार्यकर्ताहरूले जनताको घरदैलोमै पुगेर गुनासो सुनेका थिए । उनीहरूले हात्ती प्रभावित क्षेत्रको निरीक्षण गर्दै उचित राहतका लागि पहलसमेत गर्ने बताएका थिए ।

गुनासो सुनेपछि हात्तीबाट मानवीय क्षति हुन नदिनका लागि आफूहरू आ–आफ्नो क्षेत्रबाट जस्तोसुकै काम गर्नपनि पछाडि नहट्ने उनीहरूको प्रतिबद्धता थियो ।

कार्यक्रममा उपस्थित भएका हात्ती सम्बन्धी जानकार अर्जुन कार्कीले हात्तीले बीसौँ वर्षपछि सम्म पनि आफू हिँडेको बाटो हिड्ने र आफूलाई जिस्काउने, चलाउनेलाई आक्रमण गर्नसक्ने भएकाले सचेत रहन आग्रह गरे ।

‘हामी हात्तीको ठाउँमा आएका हौँ, हात्ती हामी भएको ठाउँमा आएका होइनन्,’ उनले भने, ‘मान्छे सुरक्षित रहनका लागि हात्तीलाई जिस्काउन हुँदैन । हात्तीले मानिसको आवाज र गन्धबाट बीसौँ वर्ष पछिसम्म पछ्याउँछ ।’

इटहरी १९ का स्थानीय सुरेश राईले हात्तीबाट सुरक्षित हुन सरकारले जनताका पक्षमा काम नगरिरहेकाले सचेत गराए । उनले भने, ‘मोरङ र झापामा के भइरहेको छ थाहा छैन । तर, हाम्रो समस्यामा स्थानीय सरकारले सम्बोधन गरेको छैन ।’

आफूहरू दिनभर काम गरेर आउनुपर्ने र साँझमा घर आउँदा रातभर हात्ती धपाउँदै बस्न बाध्य हुनुपरेको उनको भनाइ छ । ‘बजारमा बस्नेहरूलाई त केही छैन, हामी गाउँमा बस्नेहरूलाई हात्ती खेद्नुपर्ने बाध्यता छ,’ उनले भने ।

इटहरी २ का ध्रुव अधिकारीले साँझ ४ बजेदेखि नै हात्ती धपाउनुपर्ने बाध्यता रहेको बताए । ‘घर बाहिर निस्किदा मार्छ कि भन्ने डर छ । घर भित्र बसौँ, मानव बस्तीमा पस्ला कि भन्ने डर छ,’ उनले भने, ‘हात्ती मानव बस्तीमा पस्न नदिनका लागि सरकारले वैकल्पिक व्यवस्था गर्नुपर्ने आवश्यक देखिन्छ ।’

पछिल्लो समय इटहरी क्षेत्रमा दुई दर्जन बढी हात्तीको बथान आउँदा मानव बस्ती रातभर जाग्राम बस्दै आएका छन् । खासगरी भारतबाट आएका जंगली हात्तीको बथान यतै रमाउँदा समस्या हुँदै आएको छ ।

Tags: #कांग्रेस#नेपाली कांग्रेससुवेक्छु देवानहात्ती पीडित
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

करेन्ट लागेर एकजना विद्युत् कर्मचारीको मृत्यु, तीनजना घाइते
समाचार

खोटाङमा करेन्ट लागेर एक पुरुषको मृत्यु 

by टाकुरा न्यूज । इटहरी
बैशाख २४, २०८३
0

खोटाङ : खोटाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका ४३ वर्षीय आनन्द राई...

इलाम : पुर्जा वितरणको काम अन्तिम चरणमा
विविध

इलाम : पुर्जा वितरणको काम अन्तिम चरणमा

by रासस
बैशाख २४, २०८३
0

इलाम : सामाजिक सञ्जालमा ‘अव्यवस्थित बसोबासी हटाइने’ भन्ने हल्ला चलेपछि रोङ गाउँपालिकाले पुर्जा वितरणको काम अन्तिम चरणमा पुगेको जनाएको छ...

धरान : उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क

धरान : उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क

बैशाख २४, २०८३
माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

सेउती खोलामा डुबेर दुई बालकको मृत्यु

बैशाख २४, २०८३
विराटनगरमा दुई स्रष्टा सम्मानित

विराटनगरमा दुई स्रष्टा सम्मानित

बैशाख २३, २०८३
सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व

बेहुलीजस्तै धपक्क गुफापाताल 

बैशाख २३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

करेन्ट लागेर एकजना विद्युत् कर्मचारीको मृत्यु, तीनजना घाइते

खोटाङमा करेन्ट लागेर एक पुरुषको मृत्यु 

बैशाख २४, २०८३
इलाम : पुर्जा वितरणको काम अन्तिम चरणमा

इलाम : पुर्जा वितरणको काम अन्तिम चरणमा

बैशाख २४, २०८३
धरान : उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क

धरान : उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क

बैशाख २४, २०८३
माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

सेउती खोलामा डुबेर दुई बालकको मृत्यु

बैशाख २४, २०८३



लाेकप्रिय

  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    650 shares
    Share 260 Tweet 163
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    621 shares
    Share 248 Tweet 155
  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1553 shares
    Share 621 Tweet 388
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    469 shares
    Share 188 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    389 shares
    Share 156 Tweet 97

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.