Monday, August 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

भोजपुर : याक चौँरी कृषक महासङ्घको प्रदेश अध्यक्षमा राई

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ २१, २०८०
in विविध, समाचार
0
ताप्लेजुङमा याकका बाछा चरनमा
101
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : लोपोन्मुख याक चौँरीपालन व्यवसायको संरक्षण तथा विकास गर्ने लक्ष्यले गठन भएको याक चौँरी कृषक महासङ्घ कोशी प्रदेशको अध्यक्षमा ताप्लेजुङका मोहन राई चयन भएका छन् ।

‘हिमालको गहना याक चौँरी संरक्षण हाम्रो चाहना’ भन्ने मूल नाराका साथ चखेवामा अधिवेशन गरिएको हो । पर्यटकीयस्थल भोजपुरको टेम्केमैयुङ गाउँपालिका–४ चखेवामा भएको प्रथम अधिवेशनबाट राईको अध्यक्षमा विभिन्न जिल्लाको प्रतिनिधित्व हुनेगरी नौ सदस्य समिति गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा खोटाङका दुर्गाधन राई, सचिवमा सोलुखुम्बुका थुतोप दोर्जे शेर्पा, कोषाध्यक्षमा भोजपुरकी किमा शेर्पा चयन भएका छन् ।

याक चौँरीको संरक्षणसँगै यसको व्यवसायीकरणका लागि किसान एकजुट भएर लाग्न महासङ्घको गठन गरिएको महासङ्घका केन्द्रीय महासचिव पावीहाङ राईले जानकारी दिए । “याक चौँरीपालक पहिलो अधिवेशन सम्पन्न गरेको छौँ”, उनले भने, “महासङ्घले याक चौँरीको संरक्षण तथा कृषकलाई एकजुट बनाएर यहाँ देखिएका समस्याको समाधानमा पहलकदमी गर्नेछ ।” २८ जिल्लामा समिति विस्तारको काम भइरहेको उनले जानकारी दिए ।

कोशी प्रदेशसभा सदस्य विनोद वान्तावाले याक चौँरीको संरक्षण तथा यस क्षेत्रको समस्या समाधानका लागि आफ्नो तहबाट पहल कदमी गर्ने बताए । यो व्यवसायलाई पर्यटनसँग जोडेर यहाँको आयस्रोतका रुपमा लैजानुपर्ने उनको भनाइ थियो ।

“याक चौँरी संरक्षणका लागि महासङ्घलाई आवश्यकअनुसार सहयोग गनेछु”, वान्तावाले भने, “यसलाई कृषि पर्यटनका रुपमा विकास गरेर कृषकको आयआर्जनसँग जोड्न आवश्यक छ । हामीले उत्पादनमूलक काममा ध्यान दिन जरुरी छ ।”

डिभिजन वन कार्यालय भोजपुरका प्रमुख वीरेन्द्र शाहले याक चौँरीको चरीचरनका लागि सामुदायिक वनको कार्ययोजना बनाउन सहजीकरण गर्ने बताए । टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले याक चौँरीको संरक्षणले वातावरणको पर्यावरण सुधारमा सहयोग पुग्ने भएकाले यसको व्यवसायीकरणमा जोड दिनुपर्ने बताए ।

यो व्यवसायलाई जीविकोपार्जनसँग जोडर लैजानुपर्ने उनको भनाइ थियो । स्थानीय सरकारसँग थोरैमात्र बजेट हुने भएकाले महासङ्घले केन्द्र तथा प्रदेश सरकारसँग आवश्यक समन्वय तथा सहकार्यका लागि योजनाबद्धरुपमा लाग्नुपर्ने उनले बताए ।

गाउँपालिका उपाध्यक्ष रमादेवी राईले ऐतिहासिक कामको थालनी भएकाले यसले याक चौँरीको संरक्षण तथा विकासमा टेवा पुग्ने बताए ।

पालिकाले कृषि तथा पर्यटनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै उनले कृषि उत्पादनमा जोड दिँदै आत्मनिर्भर बनाउने लक्ष्यका साथ काम गरिरहेको धारणा राखे । महासङ्घले थालेको काम पालिकाको नीति तथा कार्यक्रमसँग मिल्ने उनको भनाइ थियो ।

जिल्ला समन्वय समिति सभापति कमल थुलुङले महासङ्घले याक चौँरीको संरक्षणका लागि थालेको काम प्रशंसायोग्य रहेको बताउँदै यसलाई किसानको आयस्रोतसँग जोडेर लैजानुपर्ने बताए ।

याक चौँरीपालन व्यवसाय लोप हुने अवस्था पुगेकाले यसको संरक्षणका लागि जुटेको कार्यक्रमका अध्यक्ष तथा केन्द्रीय सचिव चन्द्र नेपालले बताए । यसको संरक्षणसँगै किसानका समस्या समाधनमा राज्यले ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

Tags: #भोजपुरचौँरीयाक
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ
समाचार

सुनसरीमा भन्सार छलीका कपडा बरामद

by टाकुरा न्यूज । इटहरी
साउन ३१, २०८३
0

इटहरी : सुनसरीमा प्रहरीले भारतबाट भन्सार छली नेपाल भित्र्याइँदै गरेको तीन लाख ६२ हजार २२५ बराबरको लत्ताकपडा बरामद गरेको छ।...

भोजपुर : ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’ले बढायो महिला उद्यमशीलता
विविध

भोजपुर : ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’ले बढायो महिला उद्यमशीलता

by रासस
साउन ३१, २०८३
0

भोजपुर : पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित भएकाे पाइएको छ । गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोड्ने उद्देश्यले सञ्चालन गरेको ‘उपाध्यक्ष...

बैंकिङ कसुरमा १७ लाख जरिवाना ठहर भएका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुरमा १७ लाख जरिवाना ठहर भएका फरार प्रतिवादी पक्राउ

साउन ३१, २०८३
झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

झापामा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

साउन ३१, २०८३
राष्ट्रिय टोलीको सपना बोकेका इटहरीका आशिष अहिले आफ्नै खुट्टामा उभिने प्रतीक्षामा

राष्ट्रिय टोलीको सपना बोकेका इटहरीका आशिष अहिले आफ्नै खुट्टामा उभिने प्रतीक्षामा

साउन ३०, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

मोरङमा छुट्टाछुट्टै स्थानमा दुई पुरुष मृत फेला

साउन ३०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा भन्सार छलीका कपडा बरामद

साउन ३१, २०८३
भोजपुर : ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’ले बढायो महिला उद्यमशीलता

भोजपुर : ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’ले बढायो महिला उद्यमशीलता

साउन ३१, २०८३
बैंकिङ कसुरमा १७ लाख जरिवाना ठहर भएका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुरमा १७ लाख जरिवाना ठहर भएका फरार प्रतिवादी पक्राउ

साउन ३१, २०८३
झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

झापामा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

साउन ३१, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1116 shares
    Share 446 Tweet 279
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    638 shares
    Share 255 Tweet 160
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    457 shares
    Share 183 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • बुबाको उपचारका लागि रकम बोकेर धरान आएका प्रधानाध्यापक दुर्घटनामै अस्ताए

    311 shares
    Share 124 Tweet 78

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.