मोरङ : मोरङको रङ्गेली नगरपालिका ७ कालीमन्दिर चोकबाट साढे २ केजी भन्दा बढीको चाँदीका सरसमानसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
अवैध रूपमा चाँदीका समानहरूको ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएको प्रहरी टोलीले भारत अररिया आमगाछी पञ्चायत १३ का २२ वर्षीय मोहमत अलताफलाई चाँदीका समानसहित पक्राउ गरेको हो ।
अलताफको साथबाट प्रहरीले चाँदीको पाउजु ६९ जोडी, चाँदीको लोटा २५ थान, चाँदीको कलस ६ थान गरी जम्मा २ केजी.५४८ ग्राम चाँदी बरामद गरेको हो ।
अवैध रूपमा लुकाईछिपाई बोकेको चाँदीका समानसहित पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रङ्गेलीले जनाएको छ ।













Discussion about this post