Saturday, August 29, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

कोसीमा मुख्यमन्त्री बनाउन सघाउनेलाई मन्त्री बनाएर ‘पहिँचो’ तिरेपछि सरकार मैमत्त भएको आरोप

मन्त्रालय भागबण्डामा मुख्यमन्त्रीले एकलौटी गरेको भन्दै सत्ता गठबन्धन दलकै नेताहरू चरम असन्तुष्ट

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ २७, २०८०
in टाकुरा विशेष, समाचार
0
कोसीमा मुख्यमन्त्री बनाउन सघाउनेलाई मन्त्री बनाएर ‘पहिँचो’ तिरेपछि सरकार मैमत्त भएको आरोप
104
SHARES
Share on FacebookShare on Twitter

इटहरी : कोसी प्रदेशमा मन्त्रिपरिषद् विस्तार गर्दा मुख्यमन्त्री केदार कार्कीले सल्लाह नगरेको र एकलौटी गरेको भन्दै सत्ता गठबन्धन दलकै नेताहरू असन्तुष्ट भएका छन् ।

कार्कीले आफू मुख्यमन्त्री भएको चार महिनापछि मात्रै शुक्रबार सरकारलाई पूर्णता दिएका हुन् ।

तर, सरकारलाई पूर्णता दिएपनि आफ्नो दल नेपाली कांग्रेससहित सत्ता गठबन्धन दललाई नै समेट्न नसक्दा सत्ता गठबन्धन दलका नेताहरूले चरम असन्तुष्ट जनाएका हुन् । असन्तुष्ट जनाएसँगै सरकारको विकल्प खोज्नुपर्नेसम्ममा दलका नेताहरू पुगेको बताइन्छ ।

नेकपा एकीकृत समाजवादी पार्टी कोशी प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र कुमार राईले सरकार आलोकाँचो र मैमत्त भएको बताए ।

‘सरकारको विपक्षमा अहिले एमाले, कांग्रेस दलको नेतासहित अरु प्रदेशसभा सदस्यहरू, जसपा, नेकपा एस र राष्ट्रियसभामा ‘फ्लोर क्रस’ भएको र सरकार विस्तारका कारण पनि माओबादी सन्तुष्ट छैन,’ राईले भने, ‘अहिले सरकारको पक्षमा आठजना मात्रै देखिएको छ । संविधानमा सरकार परिवर्तन कसरी गर्ने भन्ने उल्लेख नभएपनि अब यो सरकारको विकल्प खोज्नुपर्ने बेला आएको छ ।’

उनले मन्त्रिपरिषद् विस्तारमा मुख्यमन्त्री कार्कीले कसैसँग सल्लाह नै नगरीकन आफूखुसी गरेको बताए । ‘सरकारमा आलोकाँचो र मैमत्ता देखियो । आलोकाँचोपन देखाएका कारण अहिले देशभरका कर्मचारीहरू पनि आजित छन्,’ राईले भने ।

मुख्यमन्त्री कार्कीले गरेका त्रुटिको विषयमा गम्भीर रूपमा छलफल आवश्यक रहेको उनले बताए । ‘सच्याउने काम भयो भने ठीकै छ, होइन भने लाभहानी हुन्छ,’ पूर्व मुख्यमन्त्रीसमेत रहेका उनले भने, ‘यो कदमले प्रदेशकै लागि हानी हुन्छ । मैले यसबारे कांग्रेसभित्रका सिनियर नेताहरूसँग कुरा गर्दा उहाँहरू पनि सन्तुष्ट हुनुहुन्न ।’

मुुख्यमन्त्री कार्कीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेपछि असन्तुष्ट रहेका राईसहित कांग्रेस संसदीय दलका नेता उद्वव थापासमेत शपथग्रहणमा सहभागी भएनन् ।

‘दसैँ अगाडि नै केही सहमति भएको हो । कांग्रेसको यति धेरै मन्त्रालय दिने कुरा थिएन । पहिला र पछि भएका सहमति विपरीत मुख्यमन्त्रीले आफ्ना मान्छे मात्रै नियुक्त गरे,’ नेता राईले भने, ‘उनलाई सघाउने पाँच–पाँचजना मन्त्री भएका छन् । कांग्रेसभित्र उनलाई नसघाउने एकजनालाई मन्त्री नियुक्त गरेर मुखमा बुझो लगाउनेजस्तो काम भएको छ । यसमा हामी कोहीपनि सहमति छैनौँ ।’

‘उहाँले हामीलाई थप मन्त्रालय दिने भन्नुभएको थियो । कांग्रेसले मन्त्रालय थप नपाउने, तर मन्त्री मात्रै थप्ने भन्ने सहमति यसअघि नै भएको थियो । तर, मन्त्रीमण्डल बनाउँदा उहाँले त्यो सहमति उल्लंघन गर्नुभयो,’ राईले भने, ‘उहाँलाई हामीले अहिलेको कदम सच्याउन भनेका छौं । नसच्याएको खण्डमा हामी सरकारलाई दिएको समर्थन फिर्ता लिने, मन्त्रीलाई फिर्ता बोलाउने, अर्को सरकार बनाउने र यो सरकारको विकल्पमा जान सक्छौं ।’

यसअघि बजेट प्रतिस्थापन गर्दा पनि पहिलाको सल्लाहअनुसार नगरेको उदृत गर्दै उनले बजेट बनाउँदा पनि एकलौटी गरेको बताए । उनले थपे, ‘गर्नुपर्ने काम पनि गरेको छैन, बजेट छुट्याएको कार्यान्वयन छैन । योजना आयोग, लोकसेवा आयोग खाली भइरहेपनि नियुक्ति भएका छैनन् । छुट्याएका पैसा खर्च गर्नमा पनि काम भएको छैन । सरकारमा पूरै आलोकाँचोपन छ ।’

कांग्रेस संसदीय दलका नेता उद्वव थापाले कांग्रेसले मुख्यमन्त्री कार्कीलाई बोकेर हिँड्न नसकिने बताए ।

‘सल्लाह नगरिकन आफूखुसी मुख्यमन्त्रीले काम गर्नुभयो । यसले गर्दा कोशी प्रदेशको राजनीति अस्तव्यस्त भयो नि । गठबन्धनले पनि थाम्न नसक्ने अवस्था भयो यहाँको राजनीति,’ पूर्व मुख्यमन्त्रीसमेत रहेका थापाले भने, ‘राष्ट्रियसभा चुनावले पनि त्यो संकेत देखाएको हो । गठबन्धन पनि रहेन । सांसद आफ्नो मर्यादामा रहेनन् । स्थानीय तहका पनि इमान्दार भएनन् । त्यसले गर्दा यो गठबन्धनको कुरा नै अन्यौल नै छ ।’

मुख्यमन्त्री कार्कीले सरकार विस्तारमा पछिल्लोपटक कुनै छलफल नगरेको र गठबन्धनलाई समेटेर जानुपर्ने भएपनि आफूखुसी मन्त्रिपरिषद् विस्तार रहेकाले असन्तुष्ट जनाए ।

‘उहाँलाई हाम्रो दल तथा गठबन्धनले बोकेर जाने अवस्था भएन ।’ सरकार त के हुन्छ थाहा छैन । अब नेताहरूसँग कुरा हुन्छ । नेताहरूबाट के कुरा आउँछ । यसरी यस्तो तरिकाले मुख्यमन्त्रीले काम गर्नुभएको छ,’ उनले भने, ‘अब दलले पनि गठबन्धनले पनि सहयोग, समर्थन गरेर जाने अवस्था भएन नि त । आफ्नो हिसाबले काम गरिरहेका छन् । के के गर्नुपर्ने हो ? गठबन्धन दलसँग बस्नुपर्ने, सल्लाह गर्नुपर्ने कुनै पनि काम भएन नि त । अन्धाधुन्द अध्यादेश ल्याएको छ । मन्त्रीमण्डल विस्तार हुन्छ दलमा सल्लाह हुँदैन । सरकारले के गर्दैछ दललाई जानकारी छैन ।’

संविधानको धारा १६८ को उपधारा (५) अनुसार कांग्रेसका डा. शेखर कोइराला समूहका ८ र नेकपा एमालेका ३९ जना सांसदको समर्थनमा गत असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीका गतिविधि पछिल्लोसमय विवादास्पदसमेत बन्दै आएको छ । सरकार विस्तारका क्रममा यसअघि नै असन्तुष्ट जनाएको नेकपा एमाले भने अहिले सरकारको प्रतिपक्षमा छ ।

त्यसबेला केन्द्रीय गठबन्धनले गरेको निर्णयलाई लत्याउँदै एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कांग्रेसका डा. कोइराला समूहका कार्कीले चार मन्त्री र दुई राज्यमन्त्रीलाई शुक्रबार नियुक्त गर्दै मन्त्रालयलाई पूर्णता दिएका हुन् ।

स्वास्थ्यन्त्रीमा प्रदीपकुमार सुनुवार, सामाजिक विकासमन्त्रीमा राजेन्द्र कार्की, आन्तरिक मामिला तथा कानुनमन्त्रीमा शम्शेर राई, पर्यटन, वन तथा वातावरणमन्त्रीमा गणेशप्रसाद उप्रेती, भौतिक पूर्वाधार विकासमन्त्रीमा गणेश प्रसाद जवेगु, उद्योग कृषि तथा सहकारीमन्त्रीमा रामकुमार खत्री खानेपानी, सिँचाई तथा ऊर्जा मन्त्रीमा नारायण बुर्जा मगर, आर्थिक मामिला तथा योजना मन्त्रालय राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको राज्यमन्त्रीमा सुनिताकुमारी गुरुङ रहेका छन् ।

मुख्यमन्त्री कार्कीले आर्थिक मामिला तथा योजना मन्त्रालय भने आफ्नै जिम्मामा राखेका छन् । नवनियुक्त मन्त्रीहरू सुनुवार, खत्री, राज्यमन्त्रीद्वय थापा र गुरुङ कांग्रेसका हुन् । उनीहरूमध्ये सुनुवार मात्रै कांग्रेस संस्थापन पक्षका हुन् भने अन्य तीनजना कार्कीलाई मुख्यमन्त्री बनाउनका लागि सहयोग गर्ने ८ सांसदमध्येका हुन् ।

यस्तै माओवादीबाट भने राजेन्द्र कार्की र मगर मन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री कार्कीले नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलाई मन्त्रालयमा समेटेनन् । यसअघि मुख्यमन्त्री कार्कीले कांग्रेसबाट शम्शेर राई, माओवादीबाट गणेशप्रसाद उप्रेती र नेकपा (एकीकृत समाजवादी)बाट कमल प्रसाद जबेगूलाई नियुक्त गरेका थिए ।

त्यसपछि बाँकी रहेका मन्त्रालयको भागबण्डामा दलहरूबीच कुरा मिलेपनि पछिल्लोपटक भने मुख्यमन्त्री कार्कीले उक्त सहमतिलाई लत्याउँदै आफूलाई मुख्यमन्त्री बनाउन सघाउनेहरूलाई ‘पहिँचो’ तिरेका हुन् ।

सोही कारण अहिले सत्ता गठबन्धन दलका नेताहरू चरम असन्तुष्ट जनाउँदै सरकारको विकल्प खोज्नुपर्नेसम्मको अवस्थामा पुगेको बताएका छन् ।

Tags: केदार कार्कीकोसी प्रदेशटाकुरा विशेष
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते
विविध

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

by रासस
भदौ १२, २०८३
0

खोटाङ : धार्मिक मेला भरेर घर फर्कँदै गरेको अवस्थामा खोटाङमा ट्याक्टर दुर्घटना हुँदा ३४ जना भक्तजन घाइते भएका छन्। दिक्तेल...

इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने
विविध

इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने

by टाकुरा न्यूज । इटहरी
भदौ १२, २०८३
0

इटहरी : पठनपाठनसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै इटहरीस्थित नमुना कलेजले भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख...

ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका कैदी पक्राउ

भदौ १२, २०८३
जेनजी आन्दोलनमा हराएका सामग्री बुझाउन इटहरी ट्राफिकको आग्रह, नबुझाए के हुन्छ ?

कोशीमा साउनमै ४४० सवारी दुर्घटना, १९२ को कारण तीव्र गति

भदौ १२, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

भोटेकोशी विपद् : कोशी प्रदेश सरकारद्धारा तीन करोड सहयोग

भदौ १२, २०८३
आज जनैपूर्णिमा

आज जनैपूर्णिमा मनाइँदै, जनै फेर्नेदेखि रक्षाबन्धन र क्वाँटी खानेसम्मको परम्परा

भदौ १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

भदौ १२, २०८३
इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने

इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने

भदौ १२, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका कैदी पक्राउ

भदौ १२, २०८३
जेनजी आन्दोलनमा हराएका सामग्री बुझाउन इटहरी ट्राफिकको आग्रह, नबुझाए के हुन्छ ?

कोशीमा साउनमै ४४० सवारी दुर्घटना, १९२ को कारण तीव्र गति

भदौ १२, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    306 shares
    Share 122 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    280 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    278 shares
    Share 111 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.