इटहरी (डेस्क) : मोरङ र झापा जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
मोरङको पथरीशनिश्चरे नगरपालिका १ स्थित सडकमा ना ४ ख ७०७४ नम्बरको ट्रकले प्र. १-०२-०५३प ५५२८ नम्बरको मोटरसाइकललाई शनिबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक पथरीशनिश्चरे १० बस्ने ५५ वर्षीय श्रीकुमार काङवाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मदन भण्डारी अस्पताल ट्रमा सेन्टर उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै, झापाको दमक नगरपालिका १ देवान चोकमा को १० प ९९३४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री दमक नगरपालिका १ भाङबारी बस्ने ६४ वर्षीय रामकुमार राईको शुक्रबार साँझ मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको दमक अस्पताल दमक हुँदै बिएण्डसी अस्पताल बिर्तामोडमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post