धरान : धरान उपमहानगरपालिका ११ बाट अवैध लागूऔषध गाँजा एक सय २४ किलोसहित दुईजनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धरान ११ रिटिङ टोल बस्ने १९ वर्षीय मौसम राई र धरान ११ रेसुङ्गा चोक बस्ने २२ वर्षीय अभिषेक शेर्मा रहेका छन् ।
मौसम राईको घर अगाडि सडकमा पार्किङ गरी राखेको दुई वटा टेम्पोलाई इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा प्रदेश १-०२-००३ ह ३७४ नम्बरको टेम्पोबाट ३६ किलो गाँजा फेला पारी टेम्पोका चालक मौसमलाई र को १ ह ५०९८ नम्बरको टेम्पोबाट ८८ किलो गाँजा फेला पारी उक्त टेम्पोका चालक अभिषेकलाई पक्राउ गरेको हो ।
पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।













Discussion about this post