Tuesday, May 26, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

धाकधम्की दिएर जबरजस्ती चन्दा माग गर्ने दुई पक्राउ, दुवैजना आपराधिक पृष्ठभूमिका

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन २, २०८०
in समाचार
0
धाकधम्की दिएर जबरजस्ती चन्दा माग गर्ने दुई पक्राउ, दुवैजना आपराधिक पृष्ठभूमिका
94
SHARES
Share on FacebookShare on Twitter

इटहरी : पूर्वका शैक्षिक संस्थाहरूमा चन्दा आतङ्क सिर्जना गर्ने र नदिए विष्फोटक पदार्थ राखेर ध्वंसात्मक गतिविधि गर्ने गिरोह सक्रिय रहेको पाइएको छ ।

भूमिगत सङ्गठनको नाममा महासचिव महावीरको दस्तखत भएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी)लेखिएको लेटर प्याड प्रयोग गरी चन्दा माग गर्ने र नदिए विष्फोटक पदार्थ राखेर आतङ्क सिर्जना गर्ने गिरोहका सदस्य सक्रिय रहेको पाइएको हो ।

शैक्षिक संस्थाहरुलाई धाकधम्की दिई भुमिगत संगठनका नाममा जबरजस्ती चन्दा माग गर्ने समुहका दुई जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी सार्वजानिक गरेको छ ।

मोरङ तथा अन्य जिल्लाहरूमासमेत रहेका शैक्षिक संस्थाहरूमा भूमिगत संगठनका नाममा चन्दा माग गर्ने र नदिए ध्वंसात्मक कार्य गर्ने भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले माघ २९ गते २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा माङसेबुङ गाउँपालिका १ गजुरमुखी इलामका ३८ वर्षीय प्रविण मिश्र र याङवरक गाउँपालिका १ च्याङथापु पाँचथरका ३० वर्षीय विपिन अधिकारी रहेका छन् ।

पक्राउ परेका मिश्रको साथबाट बिष्फोटक पदार्थमा प्रयोग हुने डेटोनेटर ७ थान, १८ फिट ३ ईन्च लामो डेडकर्ड, सोडा आधा केजी, सहयोग रसिद २ ठेली, आर्थिक सहयोग सम्बन्धी लेखिएको पत्र ५ थान, मुक्तिनाथ प्रकाशनको प्रेस कार्ड, मोबाइल ३ थान र एनसेलका सिमहरू ५ थान बरामद गरिएको छ ।

यसैगरी अधिकारीको साथबाट काटिएको र नकाटिएको सहयोग रसिद १–१ थान, मुक्तिनाथ प्रकाशनको प्रेस कार्ड, एसबिआई बैँकको चेकबुक, मोबाइल १ थान र डिजिटल स्टाम्प १ थान बरामद भएको छ ।

पक्राउ परेका दुईजनाले विराटनगर ३ मा रहेको खाली चौरमा प्रेसर कुकर बम जस्तो बनाई राखेको र उक्त वस्तु नेपाली सेनाको सहयोगमा फागुन १ गते डिस्पोज गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

‘सुनसरी र झापाका शैक्षिक सङ्घ–संस्थाहरूमा चन्दा असुली गरेको सूचना थियो । उक्त समूह झापापछि मोरङ आएको हामीले सूचना पाएका थियौँ । चन्दा असुलीको पत्र पठाएको जानकारी पायौँ र त्यसपछि पक्राउ गर्न विशेष प्रहरी परिचालन गरियो’ मोरङका एसपी दीपक पोखरेलले भने, ‘चन्दा नदिने शैक्षिक संस्थाअगाडि पनि विष्फोट गराउने उनीहरूको उद्देश्य थियो । त्यो हामीले पूरा हुन दिएनौँ । बेलैमा सूचना पाएपछि उनीहरूलाई नियन्त्रणमा लिन सफल भएका छौँ ।’

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आपराधिक पृष्ठभूमिका

दुवै जनाविरुद्ध विष्फोटक पदार्थ ऐनअन्तर्गत मुद्दा चलाउन मङ्गलबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको प्रहरीले बताएको छ ।

मिश्र र अधिकारी आपराधिक पृष्ठभूमिका व्यक्तिहरू रहेको प्रहरीले जनाएको छ । एसपी पोखरेलका अनुसार मिश्रविरुद्ध झापामा २०७६ सालमा विष्फोटक पदार्थसम्बन्धी ४ वटा मुद्दा चलेको पाइएको छ ।

अधिकारीविरुद्ध पाँचथरमा २०७६ मा अभद्र व्यवहार मुद्दा चलेको उनले बताए ।

‘दुवै जना आपराधिक पृष्ठभूमिका व्यक्तिहरू हुन्’ एसपी पोखरेलले भने, ‘पछिल्लो समय नयाँ भूमिगत सङ्गठनमा आबद्ध भएर चन्दा आतङ्क मच्चाइरहेको पाइएको छ ।’

Tags: #पक्राउ#मोरङअपराध
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

उदयपुरमा गुडिरहेको स्कुल बसबाट खस्दा सह–चालकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
जेष्ठ ११, २०८३
0

उदयपुर : उदयपुरको कटारी नगरपालिकामा गुडिरहेको स्कुल बसबाट खस्दा एक सह–चालकको मृत्यु भएको छ। जिल्लाको कटारी नगरपालिका–२ गिद्वबरस्थित भित्री सडकखण्डमा सौगात...

कोशी टप्पु वन्यजन्तु आरक्षबाट ४० लाख राजस्व संकलन
विविध

चालू आर्थिक वर्षमा ११ हजार पर्यटक पुगे कोशी टप्पु

by रासस
जेष्ठ ११, २०८३
0

सुनसरी : आर्थिक वर्ष २०८१/८२ मा ११ हजार ६०३ पर्यटकले कोशी टप्पु आरक्ष भ्रमण गरेको कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यलयले...

इटहरी काण्डबारे कांग्रेसले निकाल्यो यस्तो विज्ञप्ती (विज्ञप्तीसहित)

कांग्रेस मोरङद्धारा सदस्यता अध्यावधिक समिति गठन

जेष्ठ १०, २०८३
‘यूकेबाट ल्याएको सुन’ भन्दै वृद्धवृद्धा निशानामा, पूर्वी नेपालमा ठगीको गिरोह सक्रिय 

‘यूकेबाट ल्याएको सुन’ भन्दै वृद्धवृद्धा निशानामा, पूर्वी नेपालमा ठगीको गिरोह सक्रिय 

जेष्ठ १०, २०८३
पाँचथरमा बाढी र पहिरोले चार परिवार विस्थापित, जलविद्युत् आयोजनामा पनि क्षति

पाँचथरमा बाढी र पहिरोले चार परिवार विस्थापित, जलविद्युत् आयोजनामा पनि क्षति

जेष्ठ १०, २०८३
मोरङको कटहरीमा सर्‍यो कोशी प्रदेशसभा सचिवालय

कोशी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल सुरु

जेष्ठ १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

उदयपुरमा गुडिरहेको स्कुल बसबाट खस्दा सह–चालकको मृत्यु

जेष्ठ ११, २०८३
कोशी टप्पु वन्यजन्तु आरक्षबाट ४० लाख राजस्व संकलन

चालू आर्थिक वर्षमा ११ हजार पर्यटक पुगे कोशी टप्पु

जेष्ठ ११, २०८३
इटहरी काण्डबारे कांग्रेसले निकाल्यो यस्तो विज्ञप्ती (विज्ञप्तीसहित)

कांग्रेस मोरङद्धारा सदस्यता अध्यावधिक समिति गठन

जेष्ठ १०, २०८३
‘यूकेबाट ल्याएको सुन’ भन्दै वृद्धवृद्धा निशानामा, पूर्वी नेपालमा ठगीको गिरोह सक्रिय 

‘यूकेबाट ल्याएको सुन’ भन्दै वृद्धवृद्धा निशानामा, पूर्वी नेपालमा ठगीको गिरोह सक्रिय 

जेष्ठ १०, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1494 shares
    Share 598 Tweet 374
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1424 shares
    Share 570 Tweet 356
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    889 shares
    Share 356 Tweet 222
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    625 shares
    Share 250 Tweet 156
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    608 shares
    Share 243 Tweet 152

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.