मोरङ : मोरङको केराबारी गाउँपालिका ९ स्थितबाट पेस्तोल र खुकुरीसहित लेटाङ नगरपालिका १ का ५२ वर्षीय नीरकुमार राईलाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार बिहान केराबारी ९ भलुवाइ की ५० वर्षीया जमुनादेवी राई र उनकी २५ वर्षीया छोरी रनुका राईलाई खुकुरी प्रहार गरी घाइते बनाएको र पेस्तोलसमेत देखाएको भन्ने जानकारी प्राप्त भएसँगै घटनास्थलमा खटिएको प्रहरी टोलीले राईलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका राईको साथबाट ४ राउण्ड गोली लोड भएको मेड इन इटाली लेखेको अटो पेस्तोल १ थान, मेड इन चाइना लेखेको नक्कली पेस्तोल १ थान र दाप भएको खुकुरी बरामद गरिएको प्रहरीको भनाइ छ ।
खुकुरी प्रहारबाट घाइते भएका दुवै जनाको विराटनगरस्थित बिराट नर्सिङ होममा उपचार भइरहेको छ ।
घटनामा संलग्न हतियारसहित पक्राउ परेका राईको इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post