Monday, June 8, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

‘आलुखेतीभन्दा स्याउबाट धेरै आम्दानी’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन ४, २०८०
in समाचार
0
‘आलुखेतीभन्दा स्याउबाट धेरै आम्दानी’
79
SHARES
Share on FacebookShare on Twitter

सल्लेरी (सोलुखुम्बु) : हिमाली जिल्ला सोलुखुम्बुमा स्याउ उत्पादन क्रमिक रुपले वृद्धि हुँदै गएको छ ।

पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्कलाई विश्लेषण गर्दा जिल्लामा स्याउ उत्पादन क्रमिक रुपले वृद्धि भएको पाइएको छ ।

कृषि ज्ञान केन्द्र सोलुखुम्बुको अनुसार आव २०७८/०७९ मा एक हजार एक सय ९३ मेट्रिकटन, ०७९/०८० मा एक हजार तीन सय नौ मेट्रिकटन र ०८०/०८१ मा एक हजार तीन सय ८६ मेट्रिकटन स्याउ उत्पादन भएको छ ।

जिल्लाामा पछिल्लो वर्ष उच्च गुणस्तरको (आइडेन्सीटी) स्याउ खेती विस्तारको क्रम बढेकाले उत्पादन पनि बढ्दै गएको कार्यालयका सूचना अधिकारी कुलबहादुर राईले बताउनुभयो ।

उहाँले भन्नुभयो, “जिल्लामा विगतमा गरिएको रैथाले जातको स्याउको बोटहरु सबै मासिएको छ, तर अहिले यो उच्च गुणस्तरको स्याउ खेती सुरु गरिएको छ । यो दश ६/७ वर्ष भयो होला नयाँ प्रजातिको स्याउ भित्रिएको यसले  राम्रै आम्दानी दिरहेको छ ।”

यद्यपि सुरुआतको केही वर्षमा राम्रै आम्दानी दिए पनि बोट पुरानो हुँदै गएपछि उत्पादनमा गिरावट आउने लक्षण देखिएको कृषि विज्ञहरु बताउँछन् ।

विसं २०७८/०७९ मा दुई सय पाँच हेक्टर, ०७९/०८० मा दुई सय २१ र ०८०/०८१ मा दुई सय ३० हेक्टरमा गरिएको स्याउ खेतीले उत्पादन दिएको हो । उत्पादकत्व पनि क्रमशः बढिरहेको छ । आव ०७८/७९ मा प्रतिहेक्टर ५.८२ मेट्रिकटन, ०७९/०८० मा ५.९२ र ०८०/०८१ मा ६.३ मेट्रिकटन छ । जिल्लामा हाल दुई सय ३३ हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको छ ।

यसमा सोलुदूधकुण्ड नगरपालिका–४, ५, ६, ८, ९ र १० बढी खेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । उत्पादित स्याउ अधिकांश जिल्लामै खपत हुने गरेको छभने केही मात्रामा जिल्लाबाहिर पनि निर्यात भएको छ ।

चिसोका कारण रङमा राम्रोसँग विकास नभएको ज्ञान केन्द्र प्रमुख दुर्गाबहादुर तिरुवा बताउनुहुन्छ । जिल्लाको गोरा, टाप्टिङ, पत्तालेलगायत क्षेत्रलाई प्रधानमन्त्री कृषि आधुनिकीकरणले स्याउ पकेट क्षेत्र नै घोषणा गरेर काम गरिरहेको छ ।

पकेट क्षेत्र हुँदा उत्पादनमा केही मात्रामा वृद्धि भए पनि त्यसपश्चात् किसानले स्याउको हेरचाह गर्न नसक्ने कतिपय स्थानीय किसान बताउँछन् । पछिल्लो समय स्याउमा एक प्रकारको ऐँजेरु तथा बोट र फलमा कालो हुने रोग देखिएको छ । उक्त समस्याको समाधान किसानका लागि महँगो पर्ने उनीहरुको भनाइ छ । विगतमा जिल्लाको गोरा, टाप्टिङ क्षेत्रलाई स्याउको हब नै मानिन्थ्यो ।

सो क्षेत्रमा वार्षिक १० हजार टनभन्दा बढी स्याउ उत्पादन हुने गरेको एक वृद्ध लाक्पा शेर्पाले बताउनुभयो । सो समय यहाँ उत्पादित स्याउ खपत नभएर घरेलु मदिरा उत्पादन गर्नेदेखि वस्तुभाउलाई खाउने प्रयोजनका लागि समेत प्रयोग गरिने गरेको उहाँको भनाइ छ ।

तर ती रैथाने जातका स्याउहरु पछिल्लो २० वर्षमा सबै लोप भएको शेर्पाको अनुभव छ ।

उहाँले भन्नुभयो, “पहिला त सोलुको गोरा, टाप्टिङको स्याउ भनेपछि यहाँ मात्रै हैन काठमाडौँसमेत राम्रो चर्चा थियो, यहाँबाट कोसेलीका रुपमा धेरै काठमाडौँ जान्थ्यो, तर अहिले त ती स्याउहरु कहाँ छन् र रु सबै रोगले सखाप नै पार्‍याे नि । रूख बुढा पनि भयो, त्यसको उपचार गर्न पनि कसैले ध्यान दिएर त्यही भएर सबै बोट मर्‍याे ।”

स्याउमा देखिएको रोगका कारण जिल्लाका विभिन्न क्षेत्रमा गरिएको रैथाने जातको स्याउको अस्तित्व सङ्कटमा परेको छ । रैथाने जातमा रोग देखिएपछि किसानले उन्नत जातको हाइडेन्सिटी स्याउ खेती सुरु गरेका हुन् । तामाखानीका किसान कर्मा गेलु शेर्पाले भन्नुभयो,

“हामीले पहिलो त २०/२५ बोट गोल्डेन, फुजी जातको स्याउ लगाएका थियौँ, मेरो बुबाहरुले नै त्यो जातको स्याउ खेती  गर्नुभएको थियो, हामीले त्योबाट राम्रै आम्दानी पनि गरेका थियौँ तर पछिल्लो समय ती स्याउहरु सबै मरेर सखाप भयो, रोगले आक्रमण गरेपछि हामीले स्याउको बोटहरु बचाउन सकेनौँ ।”

पुराना जातका स्याउहरु ऐँजेरु, बोट मर्ने, फल नदिनेजस्ता कारणहरुले मर्दै गएको हो भने कतिपय रूख बुढो भएका कारण आफैँ झर्दै गएको स्याउ किसान कर्मा शेर्पाको भनाइ छ । त्यसपछि केही वर्ष स्याउ खेतीबाट निराश बनेका किसान पछिल्लो एक दशकयता उच्च घनत्वको स्याउ खेतीले आशा जगाएको स्थानीयबासी बताउँछन् ।

नयाँ प्रजातिको स्याउले रोपेको छोटो समय एक वर्षमै उत्पादन दिने भएकाले किसानको रोजाइ यसतर्फ सोझिएको ज्ञान केन्द्रका सूचना अधिकारी राईले बताउनुभयो ।

यो प्रजातिको स्याउको बोट सानो र होचो हुने तथा कम क्षेत्रफलमा धेरै बोट लगाउन सकिनाका साथै उत्पादनसमेत बढी दिने भएकाले किसान अन्य बाली मासेर भए पनि स्याउ खेतीमा अग्रसर बनेका छन् । उत्पादित स्याउलाई बजारको समेत अभाव नभएकाले किसानले खेती गर्न रुचाएका छन् ।

जिल्लामा उत्पादन भएको स्याउ कतिपय जिल्लामै खपत हुन्छ भने आधाभन्दा बढी जिल्लामा कार्यरत कर्मचारीले घर बिदामा जाँदा कोसेलीका रुपमा लैजाने भएकाले खपत राम्रो रहेको किसानको भनाइ छ ।

पत्ताले बन्दै स्याउ हब

सोलुदूधकुण्ड नगरपालिका–८ पत्तालेका युवाले स्याउ खेतीबाट मनग्य आम्दानी लिन थालेका छन् । यस क्षेत्रका आठजना युवाले करिब दुई वर्षअघिदेखि सामूहिक रुपमा सुरु गरेको व्यावसायिक स्याउ खेतीबाट अहिले राम्रो आम्दानी लिन थालेका हुन् । आफूहरुले वर्षमा पाँचदेखि आठ लाखसम्म आम्दानी गरेको एग्रो टुरिजम डेभलपमेन्ट फार्म पत्तालेका सञ्चालक कर्मा शेर्पाले बताउनुभयो ।

फार्ममार्फत एक सय ८६ रोपनी जग्गामा १८ हजार स्याउको बिरुवा रोपेको फार्म सञ्चालक शेर्पाको भनाइ छ । इटलियन जातको स्याउबाट यस आर्थिक वर्षमा रु पाँच लाखभन्दा बढी आम्दानी भएको शेर्पाले बताउनुभयो । पहिलोपटक उत्पादन भएको स्याउ घुम्न आउनेहरु पर्यटकले फार्ममै आएर किनेकाले बजार खोज्न नपरेको उहाँको भनाइ छ ।  आउँदो दिनमा स्याउबाट जुस, जामलगायत उत्पादन गर्ने उनीहरुको योजना छ  ।

आलु मात्रै उत्पादन हुने पत्ताले क्षेत्रमा युवा मिलेर सुरुमा एक करोड रुपैयाँ लगानीमा तीन हजार स्याउको बिरुवा रोपेका थिए । अहिले बगैँचामा १८ हजार बिरुवा पुगेको उनीहरुले बताएका छन् । आलु खेतीबाट भन्दा स्याउबाट राम्रो आम्दानी लिन सकिने भएकाले यसतर्फ लागेको उनीहरुको भनाइ छ ।

उनीहरुले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट रु ५५ लाख ६२ हजार अनुदानसमेत प्राप्त गरेका थिए । यसरी सरकारले प्रदान गरेको अनुदानले आफूहरुलाई झन् उत्साहित बनाएको सञ्चालक शेर्पाले बताउनुभयो ।

उहाँले भन्नुभयोे, “आलुभन्दा स्याउबाट धेरै फाइदा रहेछ, युवा मिलेर जुनसुकै व्यवसाय गरे पनि राम्रै आम्दानी लिन सकिने रहेछ, स्याउखेतीबाट हामी त धेरै सन्तुष्ट छौँ ।”

झन्डै दुई हजार आठ सय मिटरको उचाइमा पर्ने पत्ताले क्षेत्रमा यसअघि व्यावसायिक रुपमा स्याउ खेती गरिएको थिएन । आलुका लागि प्रख्यात पर्यटकीय गाउँ पत्तालेलाई स्याउ उत्पादन हुने क्षेत्रका रुपमा विकास गर्ने योजना रहेको युवा कृषकले बताएका छन् ।

Tags: #कृषि#रासससोलुखुम्बुस्याउ
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मोरङमा एक पुरुष मृत भेटिए
समाचार

सुनसरीको रामधुनीमा रोकिराखेको टिपरमा तीनजना सवार मोटरसाइकल ठोक्किँदा एक युवाको मृत्यु

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २५, २०८३
0

इटहरी : सुनसरीको रामधुनी नगरपालिका–२ तित्रिवनस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार राति भएको सवारी दुर्घटनामा एक युवाको मृत्यु भएको छ। टायर पञ्चर भई...

समयमा पानी नपर्दा सुक्न थाल्यो चैते धान
विविध

जेठमा खडेरी ! धानको ब्याड चिरा पर्न थालेपछि उदयपुरका किसान चिन्तित

by रासस
जेष्ठ २४, २०८३
0

उदयपुर : जेठको पहिलो हप्तादेखि अत्यधिक गर्मीसँगै सुक्खा खडेरी सुरु भएकाले असार साउनमा रोपाइँका लागि किसानले राखेको धानको ब्याड सुक्न...

टेम्केमैयुङमा सिरदली–चौडेनी सडक स्तरोन्नति, स्थानीयको दैनिकी सहज

टेम्केमैयुङमा सिरदली–चौडेनी सडक स्तरोन्नति, स्थानीयको दैनिकी सहज

जेष्ठ २४, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरी र धरानबाट लागूऔषधसहित चार जना पक्राउ

जेष्ठ २४, २०८३
रास्वपा सुनसरी जिल्ला सभापतिमा सागर दाहाल निर्वाचित

रास्वपा सुनसरी जिल्ला सभापतिमा सागर दाहाल निर्वाचित

जेष्ठ २४, २०८३
कामधेनुका कर्मचारी आत्महत्या प्रकरण : दुई फरार प्रतिवादी पक्राउ गर्न अदालतको आदेश

कामधेनुका कर्मचारी आत्महत्या प्रकरण : दुई फरार प्रतिवादी पक्राउ गर्न अदालतको आदेश

जेष्ठ २४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङमा एक पुरुष मृत भेटिए

सुनसरीको रामधुनीमा रोकिराखेको टिपरमा तीनजना सवार मोटरसाइकल ठोक्किँदा एक युवाको मृत्यु

जेष्ठ २५, २०८३
समयमा पानी नपर्दा सुक्न थाल्यो चैते धान

जेठमा खडेरी ! धानको ब्याड चिरा पर्न थालेपछि उदयपुरका किसान चिन्तित

जेष्ठ २४, २०८३
टेम्केमैयुङमा सिरदली–चौडेनी सडक स्तरोन्नति, स्थानीयको दैनिकी सहज

टेम्केमैयुङमा सिरदली–चौडेनी सडक स्तरोन्नति, स्थानीयको दैनिकी सहज

जेष्ठ २४, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरी र धरानबाट लागूऔषधसहित चार जना पक्राउ

जेष्ठ २४, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1503 shares
    Share 601 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    903 shares
    Share 361 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    613 shares
    Share 245 Tweet 153
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    517 shares
    Share 207 Tweet 129

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.