मोरङ : मोरङको केराबारीमा लागूऔषध ब्राउनसुगर (खैरो हेरोइन)को कारोबार भइरहेको एउटा घरमा आइतबार दिउँसो प्रहरीले छापा मारेको छ ।
केराबारी गाउँपालिका–१० बगैंचास्थित घरमा छापा मारेर प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २५ वर्षीय सुमन तामाङ रहेका छन् । घरबाटै लागूऔषधको किनबेच भइरहेको विशेष सूचनाका आधारमा उनको घरमा प्रहरी पुगेको थियो ।
इलाका प्रहरी कार्यालय केराबारी र कोसी प्रदेश अनुसन्धान समूहबाट खटिएको संयुक्त टोलीले दिउँसो ३ बजेतिर तामाङको घरमा छापा मारेको थियो ।
घरबाट १.४ ग्राम खैरो हेरोइन बरामद भएपछि तामाङलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।
उनकाअनुसार खैरो हेरोइन, नगद १४ हजार ४ सय ७० रूपैयाँ र २ वटा मोबाइलसहित तामाङलाई पक्राउ गरिएको हो । तामाङविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाएर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ । ।













Discussion about this post