विराटनगर : सुनसरी, मोरङ र झापाका भिन्नाभिन्नै स्थानबाट लागूऔषधसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङको केराबारी गाउँपालिका १० स्थितबाट प्रहरीले स्थानीय २५ वर्षीय सुमन तामाङलाई ब्राउनसुगर १ ग्राम ४ सय मिलिग्राम र नगद १४ हजार ४ सय ७० रुपैँयासहित पक्राउ गरेको छ ।
यसैगरी लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर १५ स्थितमा चेकजाँचको क्रममा धरान १८ का २२ वर्षीय जेम्स राईलाई ५९ मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यस्तै, झापाको बिर्तामोड ४ का २७ वर्षीय पूर्णबहादुर बस्नेतलाई ब्राउनसुगर ५ सय ८० मिलिग्राम र नगद ८ हजार ४ सय ७५ रुपैयाँसहित इलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रहरी टोलीले पक्राउ गरेको छ ।
यता, सुनसरीस्थित प्रहरी चौकी घुस्की हाटबाट खटिएको प्रहरी टोलीले हरिनगरा गाउँपालिका ७ स्थितमा चेकजाँचको क्रममा प्रदेश ०१–०२–०४१ प १४६५ नम्बरको मोटरसाइकलमा सवार रहेका हरिनगरा ६ का २८ वर्षीय रब्बाम मियाँ र आदिल आलमलाई प्रतिबन्धित औषधि ट्रामाडोल १५ हजार २० ट्याब्लेटसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
लागूऔषधसहित पक्राउ परेका उनीहरूको सम्बन्धित प्रहरी कार्यालयहरूबाट थप अनुसन्धान भइहेको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।













Discussion about this post