इटहरी : विराटनगरमा मोटरसाइकलले ठक्कर दिँदा घाइते भएकी एकजना महिलाको मृत्यु भएको छ ।
मोटरसाइकलले ठक्कर दिँदा मोरङको बूढीगंगा गाउँपालिका १ की अन्दाजी ६० वर्षीया धनमाया खतिवडाको मृत्यु भएको हो ।
मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेका अनुसार इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १–०१–०१४ प १२५१ नम्बरको मोटरसाइकलले विराटनगर ३ स्थित दूध फारम अगाडि सोमबार साँझ ५ः३० बजेतिर खतिवडालाई ठक्कर दिएको थियो ।
उनको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा राति ११ः४५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका ४ का ३० वर्षीय आशिष श्रेष्ठ सामान्य घाइते भएका छन् । उनलाई सामान्य उपचारपछि नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post