इटहरी : प्रहरीले इटहरीका एक युवकसहित ११ जनालाई लागूऔषधसहित पक्राउ गरेको छ ।
मोरङ, झापा र सुनसरी जिल्लाका विभिन्न स्थानहरूबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउनसुगर र एम्पुलसहित ११ जनालाई पक्राउ गरेको हो ।
कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८० अनुसार परिचालन भएको प्रहरी टोलीले बेलबारी २ का २४ वर्षीय निशान लिम्बु, बेलवारी ६ का २३ वर्षीय धीरज राई, इटहरी २ का २८ वर्षीय विमल सुब्बा, केराबारी ८ का २३ वर्षीय विक्रम कार्की, २२ वर्षीय लक्ष्मण कट्वाल, धरान १७ का २२ वर्षीय सनम परियारलाई पक्राउ गरेको हो ।
यसैगरी धरान १५ का २१ वर्षीय राम परियार, ४३ वर्षीय रुबिन श्रेष्ठ, २९ वर्षीय कुमार खत्री, धरान ५ का २४ वर्षीय थामबहादुर बिक र २४ वर्षीय अर्जुन बिकलाई लागूऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले लागूऔषध ट्याब्लेट पाँच हजार १ सय ६४ पिस, एम्पुल ९८ पिस, ब्राउनसुगर ८ ग्राम र नगद अन्ठानब्बे हजार पाँच सय र विभिन्न व्यक्तिको नामका १३ थान नेपाली नागरिकता समेत बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।













Discussion about this post