इटहरी : इटहरी उपमहानगरपालिका १ स्थित भित्री सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ ।
आज (आइतबार) आज बिहान प्रदेश १–०२–०५० प ०५६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकको कल्भर्टबाट तल झरेर दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक सुनसरीको गढी गाउँपालिका ६ का ४२ वर्षीय चितनारायण माझीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post