इटहरी : झापा, मोरङ र धनकुटा जिल्लाका विभिन्न स्थानहरूबाट प्रतिबन्धित लागूऔषध ब्राउनसगुर र गाँजासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८० अन्तरगत विभिन्न स्थानहरूमा चेकजाँचमा खटिएको प्रहरी टोलीले मोरङको विराटनगर महानगरपालिका १३ बाट विराटनगर १४ का २१ वर्षीय दिपेश सिंह ठकुरी, विराटनगर १७ का १९ वर्षीय शिवम थापा मगर र विराटनगर १५ का २० वर्षीय सेजन राईलाई १४.४४ ग्राम लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
यसैगरी विराटनगर महानगरपालिका १५ बाट खोटेहाङ गाउँपालिका ८ खोटाङका १९ वर्षीय शिशिर थापालाई ०.४७ ग्राम लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यसैगरी धनकुटाको पाख्रीबास नगरपालिका ४ बाट पाख्रीबास नगरपलिका ३ का २४ वर्षीय अनिल राईलाई ३ केजी ६०० ग्राम गाँजासहित प्रहरीले पक्राउ गरेको हो ।
उता, झापाको अर्जुनधारा नगरपालिका ८ का २१ वर्षीय अजय रावंशीलाई ३ ग्राम ९६० मिलिग्राम ब्राउनसुगर र २ थान मोबाइलसहित मेचीनगर नगरपालिका ८ बाट प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।













Discussion about this post