दुहबी : सुनसरीको दुहबीमा दुहबी बजार बचाऔं संयुक्त संघर्ष समितिले सर्वोच्च अदालतद्वारा जारी अन्तरिम आदेशको शान्तिपूर्ण सत्याग्रह समारोह कार्यक्रम आयोजना गरेको छ ।
अदालतको सम्मान, पालना र अक्षरंश कार्यान्वयन गर्न गराउन र सरोकारवाला निकायहरूको ध्यानाकर्षण गराउनका लागि सत्याग्रह कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा दुहबी बजार बचाऔं संयुक्त संघर्ष समिति दुहबीका संयोजक मुरलीप्रसाद अग्रहरीको अध्यक्षतामा भएको कार्यक्रममा संघर्ष समितिका सदस्य सचिव तेजनारायण रौनियारले सर्वोच्च अदालतको अन्तरिम आदेश वाचन गरेका थिए ।
सत्याग्रह समारोह कार्यक्रममा प्रतिनिधिसभा सदस्य भगवती चौधरी, नेता किशोर कुमार विश्वास, दुहबी बजार बचाऔं संयुक्त संघर्ष समितिका सह–संयोजक उमेश गोश्वामी, दुहबी बजार बचाऔं संयुक्त संघर्ष समितिका सदस्य सचिव तेजनारायण रौनियार, दुहबी नागरिक समाजका संयोजक भागवतलाल चौधरी, मधेस प्रदेश सरकारका प्रेस संयोजक सीताराम अग्रहरी, स्थानीयहरू गोनरप्रसाद हलुवाई, शिवप्रसाद रौनियार, मिलिराम चौधरी, प्रदीप चौधरी, सरोजकुमार सिंह, मुन्ना हलुवाई, रंजित गिश्वामी, योगानन्द गुप्ता लगायतले एक्यवद्धता जाहेर गरेका थिए ।
सर्वोच्च अदालतद्वारा उत्प्रेषण मुद्दामा विपक्षीहरूविरुद्ध अन्तरिम आदेश जारी भएको थियो ।
तत्कालीन सरकारद्वारा मिति २०५४ चैत्र ३ गतेको राजपत्रमा प्रकाशित सूचनाअनुसार निवेदकले उल्लेख गरेको स्थानमा २७ फिट कायम हुने गरी सडक सीमा कायम गरेको देखिन्छ ।
सार्वजनिक सडक ऎन, २०३१ को दफा ३ (क) मा दफा ३ बमोजिम सडक सीमा तोकिएकोमा सडक सीमाको र सडक सीमा नतोकिएकोमा सार्वजनिक सडकको किनाराबाट ६–६ मिटरमा नबढ्ने गरी नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरेको थियो ।













Discussion about this post