इटहरी : झापा र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानहरूबाट लागूऔषध ब्राउनसुगर र गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको बिर्तामोड नगरपालिका २ स्थित प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले स्थानीय ३२ वर्षीय अनिल लुइँटेललाई शंका लागेर चेकजाँच गर्दा उनीहरूको साथबाट ५०० मिलिग्राम ब्राउनसुगर फेला पारी नियन्त्रणमा लिएको हो ।
त्यस्तै, मोरङको बूढीगंगा गाउँपालिका २ स्थितका ३५ वर्षीया रिनादेवी सिंहले घरमा गाँजा लुकाएर राखेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा उक्त घर भित्र लुकाईछिपाई राखेको अवस्थामा ५ केजी गाँजा फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ ।
गाँजा बरामद गरिएसँगै सिंहलाई प्रहरीले पक्राउ गरेको हो । लागूऔषधसहित पक्राउ परेका उनीहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।













Discussion about this post