इटहरी : झापा र मोरङका छुट्टाछुट्टै स्थानहरूबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषधको ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर १६ दरैयाबाट विराटनगर १५ का कृष्ण सहनीलाई ६.७३ ग्राम लागूऔषध ब्राउसुगरसहित पक्राउ गरेको हो ।
यसैगरी अस्थायी प्रहरी पोष्ट बुट्टाबारीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका ६ को एक घरबाट सन्दकपुर गाउँपालिका ४ घर भइ उक्त स्थानमा कोठाभाडामा बस्ने २५ वर्षीया बबिता गुरुङ, इलाम नगरपालिका २ की २० वर्षीया पूर्णिमा गुरुङ र स्थानीय २१ वर्षीय मनिष लिम्बूलाई १२ ग्राम ९५० मिलिग्राम लागूऔषध ब्राउनसुगर र ९ हजार ८ सय पचास नगदसहित पक्राउ गरेको हो ।
यस्तै, झापाकै बिर्तामोड नगरपालिका ३ बाट कमल गाउँपालिका ३ का २० वर्षीय मौषम किस्कु ७२० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका छन् ।
लागूऔषधसहित पक्राउ परेका उनीहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।













Discussion about this post