मोरङ : मोरङको पथरीशनिश्चरेमा बालिकाको हत्यामा संलग्न एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालका अनुसार हत्यामा संलग्न मोरङको ग्रामथान गाउँपालिका ४ का ३८ वर्षीय धीरेन चौधरीलाई पक्राउ गरिएको हो।
उनले घटनामा आफ्नो संलग्नता स्वीकार गरिसकेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले मंगलबार साँझ पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिने तयारी गरेको छ।
खोटाङको ऐँसेलुखर्क गाउँपालिका ६ सल्ले घर भएकी १५ वर्षीया ज्ञानमति थुलुङ राईको सोमबार राति बीभत्स हत्या गरिएको थियो।
ज्ञानमति पथरीशनिश्चरे नगरपालिका ७ लामा टोलीस्थित दाजु (मामाको छोरा) विनोद राईको घरमा २ वर्षदेखि बस्दै आएको खुलेको प्रहरीको भनाइ छ।
यो पनि – मोरङमा १५ वर्षीया बालिकामाथि पटकपटक धारिलो हतियार प्रहार गरी बीभत्स हत्या













Discussion about this post