Wednesday, August 26, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

ताप्लेजुङ : हिमाली भेगमा सारिँदै भेडीगोठ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन २३, २०८०
in समाचार
0
ताप्लेजुङ : हिमाली भेगमा सारिँदै भेडीगोठ
81
SHARES
Share on FacebookShare on Twitter

ताप्लेजुङ : बेँसी झारिएका भेडीगोठलाई  हिमाली भेगतिर लान थालिएका छन् । जाडो छल्न र बारी मल्न बस्तीसम्म  भेडीगोठलाई सारिएका थिए ।  हिमालबाट जाडो छल्न आएको भेडीगोठ लामो समयसम्म बेँसी बस्न नपाउने जनाइएको छ ।

गाउँबस्तीमा खेती गर्ने समय सुरु भएसँगै बस्तीसँग भेडीगोठको सम्बन्ध छुट्नु एक बाध्यता पनि हो । बस्ती नजिक रहेका खाली चरन क्षेत्रमा अहिले अलैँची बगान विस्तार भएसँगै भेडीगोठ गाउँबस्तीमा धेरै समयसम्म बस्न सक्दैन ।

दिनभर भेडाबाख्रालाई जङ्गलका चरन क्षेत्रमा लैजाने रुपेश लिम्बूको रात त्रिपालमुनि बित्ने गरेको छ । फक्ताङलुङ गाउँपालिका–४ पिपुथापका उहाँ कहिले हिमालको फेदी त कहिले बस्तीतिर भेडीगोठमा बस्न थालेको आठ वर्ष पुगेको छ । आफ्नो पुख्र्यौली थातथलोमा पुर्खाकै पेसालाई पछ्याउँदै भेडीगोठ बस्नुभएको हो ।

सहरको सुविधासम्पन्न जीवनशैली छाडेर परम्परागत घुम्ती गोठ राखेर भेडापालन गर्ने पेसा अगाल्नुभएका उहाँ अधिकांश समय पहाडी, उच्च पहाडी र हिमाली क्षेत्रका वनजङ्गल, बुकी र खर्कमा भेटिनुहुन्छ । उहाँले करिब तीन सय बढी भेडाबाख्रा पाल्नुभएको छ । हिउँदमा बेँसीका फाँटसम्म झारिने भेडीगोठ बर्खा लागेपछि हिमालका बुकीहरूमा पु र्‍य ाउने गरिन्छ ।

फुङ्लिङ नगरपालिका–१० फावाखोलाको गोपाल विष्टको भेडीगोठ अहिले बस्तीदेखि अलिक माथि साम्लिङ खर्कमा उक्लेको छ । गाउँदेखि उक्लेको भेडीगोठ अब वैशाखे हुँदै फक्ताङलुङ गाउँपालिकामा रहेको विश्वको अग्लो कञ्चजङ्घा हिमालको आधार शिविरसम्म पुग्नेछन् ।

किसान लिम्बू करिब तीन महिनासम्म मिक्वाखोला गाउँपालिका–५ समुद्र सतहबाट चार हजार पाँच सय मिटरमा रहेका लोदेन क्षेत्रसम्म पुग्ने गर्नुहुन्छ । फेम्बू गाउँको फेदी हुँदै बग्ने खोक्सेवा खोला किनारमा रहेका बारीको फाँटमा उहाँको भेडीगोठ राखिएको छ । घुम्ती गोठका भेडालाई एकै ठाउँमा राखेर पाल्न नमिल्ने भएकाले बेँसीका खेतबारीलाई मल पनि हुने र घाँस पनि व्यवस्थापन हुने भएकाले बारीको पाटा–पाटामा गोठ सार्ने गरिन्छ ।

“वैशाख–जेठसम्म्म अब पहाडका फाँट र जङ्गलमै भेडीगोठ राख्छौँ, जेठको अन्तिमतिरमात्रै हिमाली बुकीहरूमा पुग्छन् गोठ, धवलागिरि हिमालको आधार शिविरसम्म नै गोठलाई लैजाने गर्छौँ”, उहाँले भन्नुभयो । घुम्ती गोठ राखेर गरिने परम्परागत पशुपालन हराएर जाने अवस्थामा आएपछि आफूले पुख्र्यौली पेसाको निरन्तरता र स्थानीयस्तरमै आत्मनिर्भर बन्ने उद्देश्यले भेडापालन गरेको फक्ताङलुङ गाउँपालिका–६ का भेडापालक किसान विशाल लिम्बूले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिले गाउँका सबैको गोठ थिए, भेडाबाख्रा र गाईभैँसीलाई घुम्ती गोठ राखेर पालन गरिन्थ्यो, आजभोलि त्यो परम्परागत पेसा हराएर जान थालेको छ, हाम्रो बाबुबाजे सबैले यहीँका भिरपाखामा पसिना बगाउनुभएको छ, हाम्रो जिजुहरूले पनि भेडापालन नै गर्नुभएको थियो, पुर्खाको पेसालाई पछ्याउँदै म पनि भेडीगोठ पसेको हुँ”, उहाँले भन्नुभयो ।

सहरको सुविधालाई छाडेर गाउँ पसेकामा आफूलाई पछुतो नभएको र गौरवको अनुभूति हुने गरेको लिम्बू बताउनुहुन्छ । लिम्बूसँग अहिले दुई सयवटा भेडा छन् । अहिले वार्षिक रु पाँचदेखि छ लाखसम्मको भेडाबाख्रा बिक्री हुने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “भेडाको बजारीकरणमा समस्या छैन, भेडा साढँ र खसीबोको खोज्दै ग्राहक गोठमै आइपुग्छन्, हिउँदयाममा चरन क्षेत्रको अभावले धेरै पाल्न सकिँदैन”, बर्खायाममा बुकीमा चरन क्षेत्रको अभाव नहुने भए पनि हिउँदयाममा बेँसीमा चरन क्षेत्र र घाँसको अभाव हुने भेडापालक किसान बताउँछन् ।

दसैँ र तिहारको समयमा सर्वसाधारणदेखि व्यापारीसमेत गोठमा पुगेर भेडा, खसी खरिद गर्ने गर्छन् भने देवीदेवताको थानमा पूजा गर्न र भाकल पूरा गर्नसमेत साँढ र बोका धेरै खपत हुने गरेको भेडापालक किसानको भनाइ छ । हिमाली बुकीमा पालिने भएकाले भेडीगोठका भेडाको माग अत्यधिक हुने गर्छ । भेडापालन पेसा अधिकांश समय वनजङ्गलमै बस्नुपर्ने भएकाले गोठाला पाउन मुस्किल पर्छ ।

जङ्गलमा भेडीगोठमा बाघ, भालुको आकर्षणदेखि चट्याङ, वर्षा, हिमपातलगायतका प्राकृतिक विपत्तिको समेत सामना गर्नुपर्ने भेडापालकको भनाइ छ । हिमपात र भारी वर्षा हुँदा भेडाका पाठापाठी बचाउन मुस्किल हुने किसानको भनाइ छ । वन्यजन्तुको आक्रमणबाट बचाउन गोठमा भोटे प्रजातिका कुकुरसमेत पाल्ने गर्दछन् ।

पछिल्लो समय भेडापालन गर्ने किसान घट्दो छन् । युवापुस्ता रोजगारका लागि विदेश पलायन हुने र गोठ बस्न कठिन हुने भएकाले घुम्तीगोठको भेडापालन हराएर जाने अवस्थामा पुग्न थालेको छ । हराउँदो घुम्तीगोठमा पशुपालन गर्ने परम्परात पेसालाई अगालेर स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ भने ताप्लेजुङका केही युवाहरू लागिपरेका छन् ।

Tags: #ताप्लेजुङ#राससभेडीगोठ
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ
समाचार

इटहरीमा लागूऔषधसहित दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ ९, २०८३
0

इटहरी : इटहरीबाट प्रहरीले लागूऔषध ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरेको छ। इटहरी–११ बाट प्रहरीले १ हजार ६८० क्याप्सुल ट्रामाडोल र...

नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप
खेलकुद

नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप

by टाकुरा न्यूज । इटहरी
भदौ ९, २०८३
0

इटहरी : स्थानीय खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीसँग एउटै मैदानमा खेल्ने अवसर दिने उद्देश्यले इटहरी मेयर कप क्रिकेट प्रतियोगिताको स्वरूप...

सर्पको टोकाइबाट एक महिलाको मृत्यु

मोरङ : सुतिरहेकी बालिकालाई सर्पले डसेर मृत्यु

भदौ ९, २०८३
इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

इटहरीमा करिब ६ लाखको भन्सार छलीका सामान बरामद, बैंकिङ कसुरका फरार पक्राउ

भदौ ९, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

हात्तीको जैविक मार्गभन्दा बस्ती संरक्षण प्राथमिकतामा राख्न माग

भदौ ९, २०८३
तीन झरना, एउटै खोला : पर्यटकको पर्खाइमा तीनछाँगे

तीन झरना, एउटै खोला : पर्यटकको पर्खाइमा तीनछाँगे

भदौ ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा लागूऔषधसहित दुई जना पक्राउ

भदौ ९, २०८३
नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप

नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप

भदौ ९, २०८३
सर्पको टोकाइबाट एक महिलाको मृत्यु

मोरङ : सुतिरहेकी बालिकालाई सर्पले डसेर मृत्यु

भदौ ९, २०८३
इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

इटहरीमा करिब ६ लाखको भन्सार छलीका सामान बरामद, बैंकिङ कसुरका फरार पक्राउ

भदौ ९, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    306 shares
    Share 122 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    289 shares
    Share 116 Tweet 72
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    280 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    277 shares
    Share 111 Tweet 69

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
नाम
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
नाम
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.