मोरङ : मोरङको लेटाङ नगरपालिका २ स्थित भरुवा बन्दुकसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्थानीय २४ वर्षीय रुपेश राई रहेका छन् ।
राईले घरमा नै अवैध रूपमा भरुवा बन्दुक राखेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा उक्त घरबाट १ थान र चेकजाँचकै क्रममा राईको घर अगाडि होम पाईपमा समेत लुकाईछिपाई राखेको अवस्थामा थान १ गरि जम्मा दुई थान भरुवा बन्दुक फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।













Discussion about this post