उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका ६ स्थितबाट नियन्त्रित औषधीसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा त्रियुगा ६ का २७ वर्षीय वीरेन्द्र मरिक रहेका छन् ।
उनलाई प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट फेनारगन, डाइजोपाम र ब्रुपिनफिन गरी जम्मा १५ एम्पुल नियन्त्रित औषधीसहित मरिकलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।













Discussion about this post