इटहरी : झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका १५ स्थित लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री बराहक्षेत्र नगरपालिका ६ सुनसरीका ३० वर्षीय विजय कुमार राउतलाई लागूऔषध ब्राउनसुगर १६ ग्राम ८८ मिलिग्रामसहित पक्राउ गरेको हो ।
त्यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका ५ स्थितबाट नियन्त्रित औषधी ट्रमानिल र स्पास्मो गरी जम्मा ७०८ ट्याबलेटसहित बराहक्षेत्र ४ का २१ वर्षीय गोविन्द खत्रीलाई प्रहरी चौकी भरौलबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
यसैगरी इलाका प्रहरी कार्यालय अनारमनीबाट झापाको अर्जुनधारा नगरपालिका ६ स्थित खटिएको प्रहरी टोलीले लागूऔषध गाँजा ४ केजी ६५० ग्रामसहित ७४ वर्षीय भरोसी यादव, ३९ वर्षीय गोपाल यादव र कचनकवल ७ का २७ वर्षीय अरबिन भट्टराईलाई पक्राउ गरेको हो ।
लागूऔषधसहित पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post