मोरङ : मोरङ जिल्लाका विभिन्न स्थानहरूबाट लागूऔषध गाँजा र प्रतिबन्धित औषधीसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार मोरङको पथरीशनिश्चरे नगरपालिका ७ स्थित लागूऔषध बेचबिखान भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा प्रतिबन्धित औषधी बरामद गरेको थियो ।
प्रहरीका अनुसार स्थानीय २७ वर्षीया सुजा लिम्बू र उनको भाइ २१ वर्षीय अमृत लिम्बूको साथबाट ट्रामाडोल, डिकोलाईट गरी ९ सय ट्याब्लेट प्रतिबन्धित औषधी फेला पारी पक्राउ गरेको छ ।
यसैगरी पथरीशनिश्चरे नगरपालिका २ बाट धनकुटा साँगुरीगढी नगरपालिका ३ का ४२ वर्षीय प्रेमकुमार याख्खालाई ६ केजी गाँजासहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post