Sunday, November 1, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

‘इटहरीमा सामुदायिक विद्यालयले शुल्क लिन नपाउने, निजीलाई साथै लिएर हिँड्ने’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र ८, २०८०
in समाचार
0
‘इटहरीमा सामुदायिक विद्यालयले शुल्क लिन नपाउने, निजीलाई साथै लिएर हिँड्ने’
209
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले आफूले निजी विद्यालयलाई पनि सँगै लिएर इटहरीको शिक्षा सुधारको अभियानमा हिड्ने बताएका छन् ।

इटहरीमा बिहीबार पत्रकारहरूसँग कुरा गर्दै उनले निजी विद्यालयहरूसँग छलफल गर्दै साथै लिएर हिड्ने बताएका हुन् ।

‘निजी विद्यालयको पक्षमा अदालतबाट अन्तरिम आदेश आएन । नगरपालिकाले जित्यो भन्ने जस्ता कुरा बाहिर आएका छन्,’ उनले भने, ‘आम जनताले आफूलाई चित्त नबुझेको कुरा राखेको विषयमा अदालतको एउटा आदेश आएको हो, कसैको हार र जित भएको होइन ।’

उनले निजी विद्यालयहरूलाई निरुत्साहित गर्ने आफ्नो लक्ष्य नभएको बताए । ‘सामुदायिकलाई बनाउने र संस्थागत (निजी) विद्यालयमा भएका बेथिति अन्त्य गर्ने हो,’ उनले भने, ‘गुनासा छन् भने भन्नुप¥यो, तर विधि मान्दिनँ भन्नु चाहिँ गलत हो ।’

अदालतको आदेशपछि उपमहानगरपालिकाले सबै विद्यालयमा एउटै पोसाक लागू गर्ने बाटो खुलेको भोलिपल्ट मेयर पौडेलले पत्रकार सम्मेलनमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै वार्षिक शुल्क छुट हुँदा पोसाक किन्न समस्या नभएको बताए ।

मेयर पौडेलले भने, ‘वार्षिक शुल्कबाहेक विभिन्न शीर्षकमा शुल्क लिन पनि पाइँदैन, ती शुल्कहरू नलिने बित्तिकै लुगा किन्न अभिभावकहरूलाई समस्या हुँदैन ।’

ऐन बदलेको आरोप गलत भएको दाबी

यसैबीच ऐन बदलेको आरोप गलत भएको उनले दाबी गरे । ‘ऐन बदलेको हो कि होइन भनेर प्रमाणित अदालतले गर्ने हो,’ उनको दाबी छ, ‘त्यो विषयमा अदालतले केही भनेको छैन र यो आरोप झुटो हो ।’

उनले विधेयकलाई ऐन भनेर उपमेयरले आरोप लगाएको समेत बताए । एमाले जनप्रतिनिधिहरूलाई पार्टीले दबाब दिएकोसमेत उनको जिकिर छ ।

‘उपप्रमुखले काम गर्न पाउनु भएको छैन,’ उनले भने, ‘आफैंले निर्णय गरेको विषय होइन भन्ने स्थितिमा वहाँहरू हुनुहुन्छ, त्यसको लागि पार्टीले दबाब दिइरहेको र इटहरीलाई सधैं अशान्त बनाइरहन चाहने व्यक्ति र समूहले स्वतन्त्र रूपले काम गर्न दिएनन् ।’

उनले इटहरीको विकास गर्नका निम्ति काम गर्न असहज रहेको भन्दै सञ्चारकर्मीले साथ दिन आवश्यक रहेकोसेमत बताए ।

सामुदायिकलाई निःशुल्क बनाउन काम थाल्छौं

मेयर पौडेलले सामुदायिक विद्यालयहरूले कुनै पनि शीर्षकमा शुल्क लिन नपाउने बताए ।

सामुदायिक विद्यालयमा अंग्रेजी र नेपाली माध्यममा विभेदकारी शिक्षा प्रदान भइरहेको र शुल्कसमेत उठाइरहेको समयमा कसरी नियमन हुन्छ भन्ने जिज्ञासामा उनले भने, ‘सामुदायिकले कुनै पनि शीर्षकमा शुल्क लिन पाउँदैन, यही शैक्षिक सत्रदेखि यसको लागि काम थाल्छौं ।’

उनले अंग्रेजी वा नेपाली माध्यममा हुने अध्यापनमा सामुदायिक विद्यालयले शुल्क लिन नपाउने जिकिर गरे । यदि शुल्क लिएको पाइएमा नियमनसमेत गर्ने उनको दाबी छ ।

Tags: #इटहरी#इटहरी उपमहानगरपालिकाशिक्षाहेमकर्ण पौडेल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

झापामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुर्घटना, एकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
कार्तिक १४, २०८३
0

झापा : पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका–५ साबित्रा चोकमा भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ । ट्रक र...

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान
समाचार

कात्तिक २५ गते कोशीमा सरकारी कामकाजको भाषा ऐन लागू हुँदै

by टाकुरा न्यूज । इटहरी
कार्तिक १३, २०८३
0

विराटनगर : कोशी प्रदेशमा नेपालीबाहेकका भाषालाई पनि सरकारी कामकाजमा प्रयोग गर्ने कानुनी व्यवस्था आगामी कात्तिक २५ गतेदेखि कार्यान्वयनमा आउने भएको...

तिहारका लागि पाँच कट्ठामा सयपत्री फूलखेती

तिहारका लागि पाँच कट्ठामा सयपत्री फूलखेती

कार्तिक १३, २०८३
रामधुनीमा विद्यालय जाने बाटो बन्द, ५ सय विद्यार्थी प्रभावित हुने चिन्ता

रामधुनीमा विद्यालय जाने बाटो बन्द, ५ सय विद्यार्थी प्रभावित हुने चिन्ता

कार्तिक १३, २०८३
जबरजस्ती करणीको आरोपमा दुई वर्षदेखि फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा दुई वर्षदेखि फरार प्रतिवादी पक्राउ

कार्तिक १३, २०८३
फर्किइनन् मर्निङ वाकमा हिँडेकी लक्ष्मीमाया राई, बोलेरोको ठक्करबाट निधन

फर्किइनन् मर्निङ वाकमा हिँडेकी लक्ष्मीमाया राई, बोलेरोको ठक्करबाट निधन

कार्तिक १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुर्घटना, एकको मृत्यु

कार्तिक १४, २०८३
पूर्वी नेपालमा नाट्य पर्यटन

पूर्वी नेपालमा नाट्य पर्यटन

कार्तिक १४, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कात्तिक २५ गते कोशीमा सरकारी कामकाजको भाषा ऐन लागू हुँदै

कार्तिक १३, २०८३
तिहारका लागि पाँच कट्ठामा सयपत्री फूलखेती

तिहारका लागि पाँच कट्ठामा सयपत्री फूलखेती

कार्तिक १३, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    843 shares
    Share 337 Tweet 211
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    644 shares
    Share 258 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    513 shares
    Share 205 Tweet 128
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    367 shares
    Share 147 Tweet 92
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.