Tuesday, September 15, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

‘इटहरीमा सामुदायिक विद्यालयले शुल्क लिन नपाउने, निजीलाई साथै लिएर हिँड्ने’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र ८, २०८०
in समाचार
0
‘इटहरीमा सामुदायिक विद्यालयले शुल्क लिन नपाउने, निजीलाई साथै लिएर हिँड्ने’
209
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले आफूले निजी विद्यालयलाई पनि सँगै लिएर इटहरीको शिक्षा सुधारको अभियानमा हिड्ने बताएका छन् ।

इटहरीमा बिहीबार पत्रकारहरूसँग कुरा गर्दै उनले निजी विद्यालयहरूसँग छलफल गर्दै साथै लिएर हिड्ने बताएका हुन् ।

‘निजी विद्यालयको पक्षमा अदालतबाट अन्तरिम आदेश आएन । नगरपालिकाले जित्यो भन्ने जस्ता कुरा बाहिर आएका छन्,’ उनले भने, ‘आम जनताले आफूलाई चित्त नबुझेको कुरा राखेको विषयमा अदालतको एउटा आदेश आएको हो, कसैको हार र जित भएको होइन ।’

उनले निजी विद्यालयहरूलाई निरुत्साहित गर्ने आफ्नो लक्ष्य नभएको बताए । ‘सामुदायिकलाई बनाउने र संस्थागत (निजी) विद्यालयमा भएका बेथिति अन्त्य गर्ने हो,’ उनले भने, ‘गुनासा छन् भने भन्नुप¥यो, तर विधि मान्दिनँ भन्नु चाहिँ गलत हो ।’

अदालतको आदेशपछि उपमहानगरपालिकाले सबै विद्यालयमा एउटै पोसाक लागू गर्ने बाटो खुलेको भोलिपल्ट मेयर पौडेलले पत्रकार सम्मेलनमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै वार्षिक शुल्क छुट हुँदा पोसाक किन्न समस्या नभएको बताए ।

मेयर पौडेलले भने, ‘वार्षिक शुल्कबाहेक विभिन्न शीर्षकमा शुल्क लिन पनि पाइँदैन, ती शुल्कहरू नलिने बित्तिकै लुगा किन्न अभिभावकहरूलाई समस्या हुँदैन ।’

ऐन बदलेको आरोप गलत भएको दाबी

यसैबीच ऐन बदलेको आरोप गलत भएको उनले दाबी गरे । ‘ऐन बदलेको हो कि होइन भनेर प्रमाणित अदालतले गर्ने हो,’ उनको दाबी छ, ‘त्यो विषयमा अदालतले केही भनेको छैन र यो आरोप झुटो हो ।’

उनले विधेयकलाई ऐन भनेर उपमेयरले आरोप लगाएको समेत बताए । एमाले जनप्रतिनिधिहरूलाई पार्टीले दबाब दिएकोसमेत उनको जिकिर छ ।

‘उपप्रमुखले काम गर्न पाउनु भएको छैन,’ उनले भने, ‘आफैंले निर्णय गरेको विषय होइन भन्ने स्थितिमा वहाँहरू हुनुहुन्छ, त्यसको लागि पार्टीले दबाब दिइरहेको र इटहरीलाई सधैं अशान्त बनाइरहन चाहने व्यक्ति र समूहले स्वतन्त्र रूपले काम गर्न दिएनन् ।’

उनले इटहरीको विकास गर्नका निम्ति काम गर्न असहज रहेको भन्दै सञ्चारकर्मीले साथ दिन आवश्यक रहेकोसेमत बताए ।

सामुदायिकलाई निःशुल्क बनाउन काम थाल्छौं

मेयर पौडेलले सामुदायिक विद्यालयहरूले कुनै पनि शीर्षकमा शुल्क लिन नपाउने बताए ।

सामुदायिक विद्यालयमा अंग्रेजी र नेपाली माध्यममा विभेदकारी शिक्षा प्रदान भइरहेको र शुल्कसमेत उठाइरहेको समयमा कसरी नियमन हुन्छ भन्ने जिज्ञासामा उनले भने, ‘सामुदायिकले कुनै पनि शीर्षकमा शुल्क लिन पाउँदैन, यही शैक्षिक सत्रदेखि यसको लागि काम थाल्छौं ।’

उनले अंग्रेजी वा नेपाली माध्यममा हुने अध्यापनमा सामुदायिक विद्यालयले शुल्क लिन नपाउने जिकिर गरे । यदि शुल्क लिएको पाइएमा नियमनसमेत गर्ने उनको दाबी छ ।

Tags: #इटहरी#इटहरी उपमहानगरपालिकाशिक्षाहेमकर्ण पौडेल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी
विविध

सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

by टाकुरा न्यूज । इटहरी
भदौ २९, २०८३
0

भोजपुर षडानन्द नगरपालिका–११ अवस्थित झ्याउ पोखरी बजार । झ्याउ पोखरी क्षेत्रका जमिन सुन्तला तथा कृषि उत्पादनका लागि राम्रो मानिन्छ ।...

अख्तियारले ‘स्टिङ अप्रेसन’लाई निरन्तरता दिने 
समाचार

काम अल्झाएर १५ हजार घुस, वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

by टाकुरा न्यूज । इटहरी
भदौ २९, २०८३
0

उदयपुर : सेवाग्राहीको काम सहज रूपमा गरिदिनुपर्ने जिम्मेवारीमा रहेका डिभिजन वन कार्यालय, उदयपुरका वन अधिकृत भुवन पौडेलमाथि उल्टै काम अल्झाएर...

झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

कन्काइ पुल अधुरै छाड्ने ठेकेदारबाट १ अर्ब ९९ करोड असुलिँदै

भदौ २९, २०८३
सुनसरीमा भन्सार छलीको कपडा बरामद

सुनसरीमा भन्सार छलीको कपडा बरामद

भदौ २९, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका कैदी पक्राउ

भदौ २९, २०८३
‘असन्तुलित बजेट रोक्छौँ, नतिजामुखी योजना बैंकमा जोड दिन्छौँ’ : मुख्यमन्त्री कार्की

तीजलाई महिला सशक्तीकरणमा लगाउन मुख्यमन्त्रीको जोड

भदौ २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

भदौ २९, २०८३
अख्तियारले ‘स्टिङ अप्रेसन’लाई निरन्तरता दिने 

काम अल्झाएर १५ हजार घुस, वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

भदौ २९, २०८३
झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

कन्काइ पुल अधुरै छाड्ने ठेकेदारबाट १ अर्ब ९९ करोड असुलिँदै

भदौ २९, २०८३
सुनसरीमा भन्सार छलीको कपडा बरामद

सुनसरीमा भन्सार छलीको कपडा बरामद

भदौ २९, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    909 shares
    Share 364 Tweet 227
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    748 shares
    Share 299 Tweet 187
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    352 shares
    Share 141 Tweet 88
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    269 shares
    Share 108 Tweet 67

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.