इटहरी : इटहरीमा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।
आज (मंगलबार) दिउँसो ३ः३५ बजेतिर इटहरी १० संविधान चौकस्थित कोसी राजमार्गमा इटहरीबाट विराटनगर जाँदै गरेको मे १ ख २७३४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको को २९ प ४७६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा इटहरी ५ का ३७ वर्षीय भोजकुमार श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी टेकबहादुर कार्कीले पुष्टि गरे ।
उनकाअनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि कोसी अस्पताल विराटनगरमा उपचारको लागि लगिएको थियो । अस्पताल पु¥याउनसाथ चिकित्सकले मृत घोषित गरेका थिए ।
प्रहरीले बस र चालक बिर्तामोड ४ का ५९ वर्षीय बद्रीनारायण पाण्डेलाई नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको इटहरी प्रहरीले जनाएको छ ।














Discussion about this post